७ वैशाख २०८१ शुक्रबार
कला

कथाले मागे जस्तो होइन,देशले मागे जस्तो अभिनय गर्नुहोस्ः ओली

१ लाख रुपैयाँ राशिको फान अवार्ड २०७३ बरिष्ठ कलाकार नीर शाहलाई प्रदान गर्दै प्रधानमन्त्री ओली।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरूलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताएका छन्।

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा शुक्रबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन  देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारहरुलाई आग्रह गरेका छन्। “देश र समयले मागे अनुसार कथा बनाउनुहोस,कथाले मागे जस्तो अभिनय गर्नुहोस” प्रधानमन्त्री ओलीले भने “कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ।”

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायाँकन गरेर विश्वभर फैलाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग आफूले पनि अन्तरक्रिया गर्ने बताए। केही समय पछि नै  भारतका कलाकारहरूलाई नेपाल मै बोलाएर यहाँका कलाकारसँग अन्र्तक्रिया गराउने आफ्नो योजना रहेको प्रधानमन्त्री ओलीले बताए।  

“नेपाली कलाकारहरू पनि ओष्कार पुरस्कार पाउन योग्य छन्” प्रधानमन्त्री ओलीको भनाइ छ “नेपाल हेण्डसम र ब्यूटीफुलहरूको देश हो।” नेपालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथाशक्य सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ। चलचित्रले मनोरञ्जन मात्र हैन समाज जागरणका लागि पनि असाधरण भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“अहिलेको सरकार देशको कुनै एक क्षेत्रमा हैन सबै क्षेत्रको विकास उही गतिमा होस भन्ने चाहन्छ” प्रधानमन्त्री ओलीले भने “यसका लागि चलचित्र क्षेत्र पनि उतिकै अब्बल र समृद्ध हुन जरुरी छ।”

प्रकाशित: १७ चैत्र २०७४ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App