१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

पुर्वी भेगका बस्ती सञ्चार सम्पर्कविहिन

मुगु – जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्तीहरू एक हप्ता  देखि सञ्चार सम्पर्कविहिन अवस्थामा रहेका छन्।

गाउँपालिकाको सेरोग गाउँको लेकमा रहेको नेपाल टेलिकमको नमस्ते मोबाईल टावरमा एक हप्ता अघि आएको खराबीका कारण सञ्चार सम्बन्ध विच्छेद हुँदा सर्वसाधारण नागरिक मर्कामा परेको गाउँपालिकाको कार्यालयले जनाएको छ।

मोवाईल टावर बिग्रिदा गाउँपालिकाका मुगु, चिताई, दोल्फु, कार्ति, किम्री, ताखा, खारी, पुअ, रिउस, सेरोग दाउरा लगायतका गाउँ बस्तीका सर्व साधारण मर्कामा परेका हुन । मोबाईल सेवा अवरुद्ध बनेपछि गाउँ बाहिर व्यापार व्यवसाय, अध्ययन, उपचारका लागि गएका आफन्त घर परिवारसंग कुराकानी गर्न तथा सञ्चो विसन्चो बुझन सदरमुकाम गमगढी पुगेर फोन गर्नु परिरहेको स्थानीयबासीले बताएका छन्।

सेरोग गाउँको लेकमा रहेको नमस्ते मोबाईलको टावरमा खराबी आएको भन्ने बुझिएको तर जनशक्ति अभावका कारण टावर मर्मतका लागि जान नसकिएको नेपाल टेलिकम मुगु शाखाले जनाएको छ ।
 

प्रकाशित: १७ चैत्र २०७४ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App