१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

पर्सा – पर्साको बहुदरामाइ नगरपालिका ५ पटनी टोलमा गएराती अपराधी समत्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ।

लागु औषध तथा अन्य अपराधमा सलंगन व्यक्ति त्यहाँ लुकेर बसेको सूचनाको आधारमा अपराधीलार्इ पक्राउ गर्न गएका प्रहरी टोली महुवन,  शसस्त्र बेसक्याम्प बागेश्वरी तित्रौनाबाट खटिएको प्रहरीटोली र स्थानीयबीच झडप भएको हो।
झडपमा ६ जना प्रहरी सामान्य भाइते छन्। प्रहरीका अनुसार, सामान्य घाइते भएका प्रहरीहरू नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन्।

अपराधीलार्इ संरक्षण गरेको र प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले ३ जना स्थानीयलार्इ पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुनिलाल तुरहा, जिबजोधन महतो तुरहा, सिताराम महतो तुरहा रहेका छन। विभिन्न अपराधिक गतिविधिका आरोपीलाई समत्न गएको प्रहरी टोलीलाई स्थानीय सर्वसाधारणले नभइ अपराधिक मनसायको एउटा समूहले अवरोध गरेर आरोपीलार्इ उम्काएको र घटना भएको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी जानकारी दिए। स्थानीयले भने प्रहरीले पक्रेर लगेको तीन जना निर्दोष रहेको दाबी गरेका छन्। 

झगडा हेर्न गएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर गएको उनीहरुको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०७४ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App