८ वैशाख २०८१ शनिबार
राजनीति

भारतसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

विशेष आर्थिक औद्योगिक क्षेत्रअन्तर्गत निर्माण गर्ने गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओली सहित उद्योगमन्त्री मातृका यादवलगायत सहभागी । तस्बिर : नागरिक

बारा – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। जीतपुर–सिमरा उपमहानगरपालिकाको औराहा र डुमरवानामा निर्माण  गर्न लागिएको विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट प्रशोधन केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै ओलीले अहिले भारतसँग राम्रो सम्बन्ध रहेको बताउँदा धेरैले नपत्याए पनि वास्तवमै भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

‘प्रतिनिधि र प्रदेशसभा चुनावका बेलामा एमाले र मलाई गाली गर्ने मधेसवादी दलले प्रधानमन्त्रीको चुनावमा मलाई भोट दिएर जसरी समर्थन गरे त्यसैगरी नै चुनावपछि भारतले मलाई समर्थन गरेको छ,’ ओलीले भने।

देशलाई समृद्ध बनाउनको लागि केन्द्र सरकारले प्रदेश सरकारलाई बलियो र साधनस्रोत बनाउनुपर्छ र केन्द्र र प्रदेशले मिलेर स्थानीय तहलाई सम्पन्न बनाउने कार्य गर्नुपर्ने ओलीले बताए।

देशलाई नयाँ युगमा प्रवेश गराउनआवश्यक रहेको र त्यसको लागि प्रदेश र स्थानयि सरकारले रचनात्मक कार्य गर्ने सुझाव ओलीले दिए। नेपाली एक जुट भएर अगाडी बढ्दा देशलाई समृद्ध बनाउने कार्यमा कसैले रोक्न नसक्ने तर्क ओलीले गरे।

‘आजभन्दा ४० वर्ष पहिला चीन नेपाल जस्तै गरिब देश रहेकोमा त्यहाँको सरकार र जनताले देश बनाउने कार्यमा लागेको कारणले आज विश्वकै शक्तिशाली राष्ट्रका रूपमा चिनिन थालिएको छ,’प्रधानमन्त्री ओलीले भनने। राजनीतिक अस्थिरताले कसैको भलो नहुने स्पष्ट गर्दै मुलुकमा विकासे युगको सुरुआत गर्नतिर लाग्नु पर्ने उनको कथन छ।

प्रधानमन्त्री ओलीले अब देशभर विकास निर्माणले गति लिएकाले आपसी मनमुटाव छाडेर देश निर्माणमा लाग्नुपर्ने बताए। कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्रीय सरकारले सहयोग नगर्दा प्रदेश सरकारले गर्ने विभिन्न किसिमका कार्य अगाडि बढ्न नसकेको गुनासो गरे। 

मुख्यमन्त्री गद्दीले प्रदेश सरकारलाई ऐनकानुन बनाउन र आवश्यक कर्मचारी राख्ने कार्यमा केन्द्र सरकारसँग सहयोगको अपेक्षा रहेको बताए।

प्रकाशित: १९ चैत्र २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App