८ वैशाख २०८१ शनिबार
राजनीति

धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा : गृहमन्त्री थापा

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा भएको बताएका छन्। सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकताको संरक्षणको गर्दै जाति, धर्म र क्षेत्रको नाममा नेपालमा द्वन्द निम्त्याउने तत्वहरुलाई परास्त गर्नु पर्ने बताए।

तस्कर प्रति आक्रमक देखिएका थापाले तस्करी र भ्रष्ट्रचारीलाई कारबाही गर्न जस्तो सुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए। तस्करहरुको संरक्षणमा नेता, प्रशासन र अदालत समेत लागि परेको भन्दै उनले हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याए।

सोमबार मन्त्रालयमा सार्वजनिक गरिएको गृह प्रशासन सुधार कार्ययोजनामा राष्ट्रिय एकता, अपराध नियन्त्रण र प्रभावकारी सेवालाई जोड दिइएको छ। कार्ययोजनामा विखण्डनकारी गतिविधि नियन्त्रण सम्बन्धी कानून लगायतका गृह प्रशासनसँग सम्वन्धित अन्य कानून संशोधन तथा मस्यौता तयार पार्ने जनाइएको छ।

ड्रोन उडान सम्बन्धी कार्यविधिमा परिमार्जन गरि कार्यान्वन गर्ने गरि योजना बनाइएको छ। ’प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाई रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने छ’, सुधार योजनामा भनिएको छ। सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेटको नियन्त्रण गर्न समन्वयात्मक रुपमा विशेष कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय रहेको छ।

राष्ट्रिय परिचयपत्रको योजनालाई समेत कार्ययोजनामा समेटिएको छ। पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरबार भित्र कार्यरत ७ हजार कर्मचारीहरुलाई पाइलट प्रोजेक्टकोरुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने र पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारीमा सरकार रहेको छ।

यस्तै राजमार्गको प्रत्येक १ सय किलोमिटरमा सवारी फिटनेस सेन्टर स्थापना गर्ने मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १९ चैत्र २०७४ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App