७ वैशाख २०८१ शुक्रबार
अर्थ

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

वाशिंटन– अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। 

महिला मेयर डर्किनले नेपालको महानगरपालिकाको पहिलो महिला मेयरले नेतृत्व गरेकोले पनि भरतपुर महानगरपालिकालाई आफू सिस्टर मेट्रोपोलिटियन बनाउन इच्छुक रहेको बताएकी हुन्। भरतपुर महानगरपालिकामा रेणु दाहाल मेयर छिन्। वाशिंटन स्टेटको सियाटलस्थित नेपाली वाणिज्यदूत एसी शेर्पासंगको भेटमा शेर्पाको राखेको प्रस्ताव स्वीकार गर्दै भरतपुर महानगरपालिकासंग मिलेर काम गर्न सकिने बताएकी हुन। यद्यपी नगरपालिकासंगको भगिनी सम्बन्ध स्थापनाका लागि आवश्यक विषय वस्तुसहित अर्को भेटमा विस्तृत कार्ययोजना बनाउने बताइएको छ। वाणिज्यदूत शेर्पासंगको भेटमा मेयर डर्किनले आफू घुम्न जाने मुलुकको पहिलो सूचीमा नेपाल रहेकोसमेत बताएको शेर्पाले नागरिकलाई बताए। 

वाणिज्यदूत भएपछि स्थानीय तहमा नेपालको पर्यटन, लगानी र सम्भावनाका बारेमा विभिन्न सरकारी र गैरसरकारी प्रतिनिधिहरुसंगको भेटमा पाएको आश्वासनले शेर्पा निकै हौसिएका छन्। उनले नेपाल र नेपालीप्रति अमेरिकी राजनीतिज्ञ र प्रशासन निकै सकारात्मक र मायालु पाएको बताए। ‘नेपाली प्रतिनिधिका हैसियतले वाणिज्य दूतावास स्थापनाको छोटो समयमा मैले वाशिंटन स्टेटस्थित सिनेटर मेरिया क्यान्टवाल र गर्भनर जे ईन्जलीलाई भेट्ने क्रममा नेपालीको लागि अमेरिकी सरकारले दिएको टिपिएस नविकरणका लागि पनि अनुरोध गर्दा निकै सकारात्मक जवाफ पाएको छु’, उनले भने। साथै भेटमा नेपालमा पर्यटनको सम्भावना, लगानीका अवसर र विविध विषयमा छलफल भएको बताए। 

वाणिज्यदूत शेर्पाले कार्यभार सम्हालेपछि सियाटलबाट सयौ व्यक्तिलाई नेपाल जाने भिषा लिएर सेवा प्रदान गरिएको छ। यसअघि अमेरिकी नागरिकले भिषा नेपाली लिनका लागि अमेरिकी दूतावास वा नेपाल नै पुग्नुपर्नेमा हाल वाणिज्य दूतावास सियाटलबाट पनि भिषा सुविधा शुरु गरिएको छ। विश्वका १० मुख्य पर्यटन र एडभेन्चरका कम्पनीहरुमध्ये सियाटलमा मात्रै सात वटा रहेका छन्। उनीहरुले नेपालको भ्रमण र एडभेन्चरका बारेमा निकै सकारात्मक र सहयोगी देखिएको उनको भनाई छ। नेपालमा अमेरिकाबाट सबैभन्दा बढी पर्यटक पनि सियाटलबाट जाने गरेको बताउँदै शेर्पाले भने– ‘आगामी दिनमा थप धेरै कामहरु गर्न सकिने सम्भावनाहरु देखेको छु।’

प्रकाशित: २२ चैत्र २०७४ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App