७ वैशाख २०८१ शुक्रबार
अन्य

पछि हटे व्यवसायी

काष्ठमण्डप
सार्वजनिक यातायातमा सिन्डिकेट लाद्न खोेज्ने विरुद्ध सरकार आक्रामक भएपछि यातायात व्यवसायी आन्दोलन फिर्ता लिन बाध्य भएका छन् । उनीहरूले बिहीबारदेखि सवारीसाधन चलाउन सुचारु गरेका हुन्।

काठमाडौं–बनेपा रुटमा मयूर यातायातले सुविधासम्पन्न बस सेवा दिन थालेपछि पुराना व्यवसायी आन्दोलनमा उत्रेका थिए । काठमाडौंबाट कोटेश्वरपूर्व सार्वजनिक यातायात चलाउने ११ वटा यातायात सेवा समितिले सेवा नै ठप्प पारेर आन्दोलन गर्दै आएका थिए।

सिन्डिकेट जोगाउन व्यवसायी विरोधमा उत्रेपछि सरकार पनि कडा रूपमा प्रस्तुत भएको थियो । यातायात व्यवस्था विभागले नयाँ सवारीसाधनलाई अस्थायी तथा स्थायी ‘रुट पर्मिट’ खुला गरेसँगै आन्दोलनरत यातायात व्यवसायी हच्किका हुन्।

यसअघि विभागले मयूर यातायात कम्पनीलाई काठमाडौं–बनेपा रुटमा बस चलाउन अनुमति दिएको थियो । मयूरले यही चैत १ गतेदेखि सेवा सुरु गरेको थियो । मयूरतर्फ यात्रु आकर्षित भएपछि प्रतिस्पर्धामा जान नसक्ने देखेर सिन्डिकेटवाला व्यवसायीले नयाँ रुट इजाजत खारेज गर्न माग राखेका हुन् । अहिले सो रुटमा मयूरका २४ वटा सुविधासम्पन्न बस सञ्चालनमा छन्।

सिन्डिकेट जोगाउन व्यवसायी विरोधमा उत्रेपछि सरकार पनि कडा रूपमा प्रस्तुत भएको थियो । यातायात व्यवस्था विभागले नयाँ सवारीसाधनलाई अस्थायी तथा स्थायी ‘रुट पर्मिट’ खुला गरेसँगै आन्दोलनरत यातायात व्यवसायी हच्किका हुन् ।

कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वनाबसुले  पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएकाले बिहीबारदेखि यातायात सञ्चालन गरेको बताए । ‘पूर्व निर्धारित पहिलो चरणको आन्दोलन बुधबार सकियो, त्यसैले बस सेवा सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘महासंघको प्रदेश– ३ स्तरीय बैठक शुक्रबार बस्दैछ । बैठकले अब कसरी अघि बढ्ने विषयमा निर्णय गर्नेछ, त्यसपछि निर्णय अनुसार अघि बढ्नेछौँ ।’

सरकारले काठमाडौं–बनेपा–धुलिखेल रुटमा नयाँ कम्पनीलाई बस चलाउन अनुमति दिन थालेपछि उनीहरू आन्दोलन फिर्ता लिन बाध्य भएका हुन् । ‘विभागले नयाँलाई रुट इजाजत दिएर यातायात व्यवसायी हच्किएका होइनौँ,’ उनले भने, ‘अबको छलफलबाटै आन्दोलनका कार्यक्रम तय गरिनेछ।’

कोटेश्वरपूर्वका यातायात समन्वय समिति मातहत दुई हजार चार सय बस रहेका छन्। यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले बिहीबारदेखि सहज रूपमा यातायात सञ्चालन भएको बताए । ‘आन्दोलनरत यातायात व्यवसायीले हड्ताल फिर्ता गरेर सवारीसाधन गुडाएका छन्,’ उनले भने, ‘अहिले यातायात सहज रूपमा सञ्चालन भइराखेको छ, कतै अवरोध छैन।’

 

 

 

 

प्रकाशित: २३ चैत्र २०७४ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App