१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

महिलाका लागि ट्विटर कति सुरक्षित?

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ। संसारकै सबैभन्दा चलायमान र प्रमुख सोसल मिडिया साइट मानिने ट्विटर महिला हकअधिकार सुनिश्चित र संरक्षण गर्न पूर्णरूपमा चुकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा महिलाविरुद्ध हुने लैंगिक आक्रमण र हिंसाका धम्की रोक्न ट्विटर असफल रहेको बताइएको छ।

एमनेस्टीले ११ सय बेलायती महिलामाथि गरेको सर्भेक्षणका आधारमा प्रतिवेदन तयार पारेको हो। सर्भेक्षणमा सहभागी ७८ प्रतिशत महिलाले ट्विटर असजिलो ठाउँ बन्दै गइरहेको र आफ्ना कुराहरू राख्न सुरक्षित महसुस नहुने बताएका छन्। प्रत्युत्तरमा आउने गाली र हिंसाका धम्कीले गर्दा ट्विटर बहसभन्दा घम्साघम्सीको थलो बनेको उनीहरूले स्वीकारेका छन्।

सर्भेक्षणमा सहभागी ९ प्रतिशतले मात्र ट्विटरले महिलामाथि हुने गरेको मानसिक हिंसा रोक्न काम गरेको बताएका छन्।

सर्भेक्षणमा सहभागी ७८ प्रतिशत महिलाले ट्विटर असजिलो ठाउँ बन्दै गइरहेको र आफ्ना कुराहरू राख्न सुरक्षित महसुस नहुने बताएका छन्। प्रत्युत्तरमा आउने गाली र हिंसाका धम्कीले गर्दा ट्विटर बहसभन्दा घम्साघम्सीको थलो बनेको उनीहरूले स्वीकारेका छन्।

एमनेस्टी युकेकी निर्देशक केट एलन भन्छिन्, ‘ट्विटर एउटा यस्तो ठाउँ बनेको छ, जहाँ सजिलै महिलामाथि दुव्र्यवहार हुन्छ। यो बलात्कारको धम्की, ज्यान मार्ने धम्की दिने र  सामूहिक ट्रोलिङ गर्ने ठाउँ भएको छ। लैंगिक समानता, पहिचान र आत्मसम्मानमाथि खेलवाड भइरहेको छ, ट्विटरमा।’

यसमा ठोस कदम नउठाउँदा ट्रोलहरूले जितिरहेको उनको भनाइ छ। महिला अधिकार संकटमा पर्दा पनि ट्विटरले यसको नियन्त्रण गर्नुको साटो मुकदर्शक बनेको छ।

अर्काेतिर ट्विटरले मिटु र टाइम्सअप जस्ता ह्यासट्याग लहरमा एकदमै महत्वपूर्ण भूमिका खेलिरहेको छ।

हार्वे वेन्सटेनको यौन दुव्र्यवहार काण्डपछि भएका खुलासामा ट्विटरको महत्वपूर्ण भूमिका छ।

प्रतिवेदन सार्वजनिक भएपछि ट्विटरले यसबारे प्रतिक्रिया दिएको छ।

लैंगिक, सामाजिक, धार्मिक र जातीयतामाथि आँच पु-याउने प्रयोगकर्ताहरूलाई नजिकैदेखि नियालिरहेको र यस्ता खाता सस्पेन्ड गर्ने गरेको ट्विटरले बताएको छ।

ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले १ मार्चमा ट्विट गर्दै ट्विटरलाई सुधार्ने बताएका थिए। उनले ट्विटरमा हुने बहस, दुव्र्यवहार र गालीगलौचले वास्तविक संसारलाई ठूलो असर पु-याएको स्वीकारेका छन्।

उनले भने, ‘ट्विटरमा हामीले ट्रोल, दुव्र्यवहार, गाली, अपमान, गलत तथ्य संचार, राजनीतिक प्रपोगान्डा र झुठा कुरा सम्प्रेषण भएको आएका छौँ, जुन एकदम दुःखद कुरा हो। मानिसहरूले यो माध्यमलाई आफ्नो फाइदाका लागि गलत तरिकाले प्रयोगमा ल्याएको कुरामा हामी गौरव गर्न सक्दैनौ।’

(एजेन्सीको सहयोगमा)

प्रकाशित: २४ चैत्र २०७४ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App