१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाँचथर गोल्डकप : ताप्लेजुङको विजयी सुरुवात

पाँचथर– आयोजक पाँचथर क्लबका खेलाडीको रक्षापङ्तीको कमजोरीको फाइदा उठाउदै मिसन युनाईटेड क्लब ताप्लेजुङले फिदिममा आइतबार सुरु भएको दोश्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ।

उद्घाटन खेलमा घरेलु मैदानमा राम्रोसँग जम्न नसक्दा आयोजकले दर्शकहरुलाई स्तब्ध तुल्यायो।  २–१ को गोल अन्तरले हराउँदै ताप्लेजुङ सेमीफाइनलमा प्रवेश गरेको हो। ताप्लेजुङको जितका लागि दिपेश आङबोहाङ र युवराज लिम्बुको गोल महत्पूर्ण रहयो। आयोजकका खेलाडीले सुरुवाती अग्रता लिएपनि जितलाई टिकाईरहन सकेन। खेलको १० मिनेटमा आयोजकका सुदिप श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

डिब्लिङ गर्दै एकल प्रयासमा श्रेष्ठले उत्कृष्ट गोल गरेका थिए। अग्रता लामो समयसम्म टिक्न सकेन। ३१ औँ मिनेटमा डिफेण्डरले बल छाडेपछि गोलकिपर अगाडि आएको मौकामा आङबोहाङले गोल गरेका थिए। पहिलो हाफमा एक–एक गोलको बराबरी भएपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो।

दोस्रो हाफको २४ औँ मिनेटमा लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए। यो गोलनै जितका लागि पर्याप्त बन्न पुग्यो। डिफेण्डरको कमजोरीको फाइदा उठाउँदै गरेको प्रहार गोलकिपरले पन्च गरेका थिए। पन्च गरेर फिर्ताआएको बललाई लिम्बुले जाली चुमाएका हुन। आयोजकले गोल गर्न पाएका पटक पटकको मौका गुमाउँदा पहिलो खेलमै स्तब्ध भयो। आयोजक टिमका गोलकर्ता श्रेष्ठ म्यान अफ दि म्याच घोषित हुँदै पाँच हजार रुपैँया पुरस्कार पाए।

प्रतियोगिताको आइतबार १ नम्बर प्रदेशका प्रमुख डा. गोविन्द तुम्माले उद्घाटन गरेका थिए। स्थानीय सांस्कृतिक झाकीहरुका साथ प्रतियोगिता उद्घाटन भएका थियो। सोमबार रर्डहर्ष इलामले डिएफसी मोरङको सामना गर्नुपर्ने छ। प्रतियोगिता वैशाख–२ गतेसम्म चल्ने छ। विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफी उचाल्ने छ। यस्तै, उपविजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैँयामा चित्त बुझाउन पर्ने छ। 

प्रकाशित: २५ चैत्र २०७४ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App