coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

युएन पार्कको मुहार फेरिँदै

जताततै फोहोरको थुप्रो । असरल्ल फालिएका बिरुवाका हाँगा । दुर्गन्धित र उजाड । पाँच महिनाअघि युएन पार्कको अवस्था यस्तै थियो ।तर, अहिले त्यहाँको दृश्य फरक देखिन्छ । पार्क सुधार थालिएसँगै व्यवस्थित र सफा देखिन थालेको छ । पार्कको सुधारका लागि धमाधम काम गरिँदै छ।

शंखमुलमा रहेको यो पार्क उपत्यकामा परिचित छ । केही समयअघिसम्म मानिसको आउजाउ शून्यझै बनेको पार्कमा अहिले भने उपस्थिति बनेको छ । पार्क सहरवासीको आरामस्थल बन्न थालेको छ । युवायुवती प्रेम साट्न पार्कमा पुग्ने गरेको देखिन्छ।

अहिले पार्क वरिपरि वाल उठाउने, बिरुवा संरक्षण तथा ढल निकासको काम भइरहेको छ ।
सबैतिरबाट गुनासो आउन थालेसँगै युएन पार्क संरक्षण समितिले पार्कको संरक्षणमा चासो दियो । आर्थिक वर्ष २०७४-०७५ मा पार्क सुधारका लागि सहरी विकास मन्त्रालयबाट ५ करोड ३० लाख बजेट आएको समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीले पार्कसँगै यसको रेखदेख गर्ने कार्यालय बनाएर २१ कर्मचारी राखेको बताए । उनका अनुसार अहिले ती कर्मचारीले पार्कको हेरचाह गर्ने, सफा गर्ने, बोटबिरुवामा पानी हाल्नेलगायत काम गरिरहेका छन्।

पछिल्लो समय समितिले पार्कलाई संरक्षण गर्न लागेको स्थानीय बताउँछन् । ‘करिब ६ महिनापहिले पार्क अति नै उजाड बनेको थियो,’ च्यासलका श्याम मर्हजनले भने, ‘पार्कको चारैतिरका पर्खाल र बार भत्किएका थिए, हामीले धेरैपल्ट हारगुहार गरेपछि समितिले पार्क बनाउन चासो दिएको हो।’

कार्यकारी निर्देशक चौधरीले पार्क हराभरा र व्यवस्थित गर्न समितिले नयाँ योजना अनुरूप काम गरेको सुनाए । उनले यसै वर्षभित्र पार्क हराभरा बन्ने बताए । उनका अनुसार पार्कभित्र रहेका केही बिरुवाका हाँगा काट्ने र नयाँ बिरुवा रोप्ने, दुबो रोप्ने, वाल लगाउने, मेच बनाउनेलगायत काम भइरहेको छ । उनले भने, ‘यसअघि बजेट अभावले काम भएको थिएन, अहिले बजेटको आकार बढेको छ ।’ उनका अनुसार अहिले पार्कभित्र भित्री पैदल सडकमा ढुंगा ओछ्याउने काम पनि भइरहेको छ।

यसअघि पार्कछेउमै ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा फोहोर थुपार्दै आएको थियो । महानगरपालिकामै आदेशमा केही गैरसरकारी संस्थाले पनि टोल सुधारको नाममा पार्क छेउमै फोहोर थुपार्न थालेका थिए । स्थानीयको विरोधपछि महानगरपालिकाले त्यहाँ फोहर फाल्न छाडेको हो । अहिले पार्कभित्र फोहर फाल्न र पार्कलाई कुरुप बनाउने क्रियाकलापमा रोक लगाइएको छ।

पार्क सुधारको काम थालिएसँगै घुम्न आउने विदेशी र नेपाली पर्यटकहरूको संख्या पनि बढ्न थालेको स्थानय सुदन थापाले जानकारी दिए । ‘केही समयपहिलेसम्म पार्क संरक्षणमा सरकारी निकायको हेलचक्रयाइँ गरेका थिए । अहिले भने सुधार भइहरको छ,’ उनले भने, ‘पहिले–पहिले प्रायः स्कुल डेूसमा आउने युवायुवतीले धक नमानी अशोभनीय क्रियाकलाप गरेका हुन्थे । अहिले त्यस्तो विकृति देख्न पाइन्न।’

कार्यकारी निर्देशक चौधरीले पार्क हराभरा र व्यवस्थित गर्न समितिले नयाँ योजना अनुरूप काम गरेको सुनाए । उनले यसै वर्षभित्र पार्क हराभरा बन्ने बताए । उनका अनुसार पार्कभित्र रहेका केही बिरुवाका हाँगा काट्ने र नयाँ बिरुवा रोप्ने, दुबो रोप्ने, वाल लगाउने, मेच बनाउनेलगायत काम भइरहेको छ । उनले भने, ‘यसअघि बजेट अभावले काम भएको थिएन, अहिले बजेटको आकार बढेको छ ।’ उनका अनुसार अहिले पार्कभित्र भित्री पैदल सडकमा ढुंगा ओछ्याउने काम पनि भइरहेको छ।

ललितपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख प्रदीप अमात्यले महानगरपालिकाका लागि फोहोर व्यवस्थापन अरु नै ठाउँमा गर्न लागेको जानकारी दिए । उनले पार्क सुधारको लागि महानगरले पनि आवश्यक सहयोग गरेको बताए । ‘अहिले यहाँ फोहर थुपार्दैनौं,’ उनले भने, ‘बरु यस क्षेत्रमा फोहर फाल्नेलाई कडाई गरेका छौं ।’ उनका अनुसार कुनैबेला पार्कलाई स्थानीयले हरियाली र सुन्दर छहारी रूपमा लिन्थे । बीचमा उजाडिएपछि पार्कका महŒव घटेको थियो।

राजधानीमा चराचुरुंगीको दिगो बासस्थान समेत बनाउने उद्देश्यले २०५२ सालमा १५ सय ७६ रोपनीमा सरकारले पार्क निर्माण गरेको हो । सोही समयमा सरकारले राजधानीवासीलाई हरियालीयुक्त क्षेत्र उपलब्ध गराउँदै वातावरण शिक्षाको केन्द्र बनाउनका लागि बाग्मती किनारमा पार्क निर्माण गरेको समितिका निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार सरकारले पार्क बनाउने बेला नै यसलाई मनोरम र उपत्यकाकै नमुना बनाउने घोषणा गरेको थियो । अहिले त्यसै अनुरूप काम भइरहेको छ ।
स्थानीयको अवरोध
केही स्थानमा पार्क हराभरा बनाउने काम भए पनि वरिपरि रहेको सुकुम्बासी समुदाय पार्क सुधारको अवरोध बनेको छ । सुकुम्बासीले सरकारी जग्गा अधिग्रहण गरेर टहरा निर्माण गरेकोले सबैभन्दा ठूलो समस्या त्यही नै भएको समितिका कार्यकारी निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार युएन पार्कको जम्मा क्षेत्रफल १५ सय ७६ रोपनी हो।

यसमध्ये करिब ४ रोपनी नदीले कटान गरेको छ । अन्य क्षेत्र पार्कभित्रै पर्छ । तर, केही स्थानमा सुकुम्बासी समुदाय भएकाले त्यही नै सबैभन्दा ठूलो अवरोध बनेको छ । ‘काम त गरेका छौं । तर, निकै चुनौती छ,’ चौधरीले भने, ‘अहिले धर्म प्रचार गर्दै आएका गैरसरकारी संस्था र केही व्यक्तिको रोहवरमा सुकुम्बासीलाई उक्साउने काम भइरहेको छ, जसले हामीलाई विकासका काममा प्रत्यक्ष असर पारेको छ।

’ उनले प्रसुति गृह, जुवागल, पञ्चायतघाट, टुकुचा, कालमोचन घाटलगायत ठाउँमा सुकुम्बासी अड्डा जमाएर बसेको बताए । उनका अनुसार सुकुम्बासीमाथि हुकुम चलाउँदै आएका गैरसरकारी संस्थाले पनि विकासका बाधक बनेका छन् । अहिले केही गैरसरकारी संस्थाले पार्कको जग्गामा भवन बनाएर बस्दै आएको उनको दाबी छ । ‘युएन पार्ककै जग्गा मिचेर मधुमेह संघ र महिला वातावरण संघले गैरकानुनी रूपमा भवन बनाएर अवरोध पुर्‍याएका छन्,’ उनले भने ।

प्रकाशित: २६ चैत्र २०७४ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App