coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

एलोप्याथी भर्सेस होमियोप्याथी

इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो, होमियोप्याथी। होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्धतिमध्ये दोस्रो स्थानमा रहेकोछ। १७५५ अप्रिल १० मा जर्मनीको माइसेनमा होमियोप्याथीका जन्मदाता क्रिश्चयन फेड्रिकसेमुअल हेनिमेनको जन्म भएको थियो। २४ वर्षको उमेरमा एलोप्याथीमा (एम.डी.) उपाधि हासिल गरे र ड्रेसडेनको अस्पतालमा सिभिल सर्जनको पदमा रही कार्य गरे। १० वर्ष सम्म यिनले अस्पतालमा सेवाकार्य गरे। डा.हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाबाट नै सहमत थिएनन्। तीतो कष्टकारी एवं विपरीतप्रतिक्रिया उत्पन्नगर्ने औषधिहरूबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कयौँ नयाँनयाँ रोग उत्पन्न भइरहेका थिए। यसैबीच उनकी छोरी बिरामी भइन्, जति उपचार गरे पनि छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा तत्कालीन चिकित्सा पद्धतिबाट नै मोहभंग हुनगयो। यी सबैकुराहरूबाट दिक्दार भएर हेनिमेनले (एलोप्याथी) चिकित्साकार्य गर्न छोडिदिए।

सन् १७९० मा डा. कुलेन द्वारालिखित मेटेरियामेडिका (औषधीय गुणसंग्रह) पुस्तकको अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले‘सिनकोना’ भन्ने औषधिबारे थाहा पाए। एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नालेमलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न भइहाल्छ। जबकि सिनकोना मलेरिया ज्वरोको महत्वपूर्णऔषधि भन्ने कुरा यिनलाई थाहाभयो। आफ्नै शरीरमा सिनकोनाको अर्कको प्रयोगले डा.हेनिमेन यस निष्कर्षमा पुगे। यही कुराको चिन्तनमनन गर्दागर्दै उनको मनमा विचार आयो कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनाशशक्ति विद्यमान रहेछ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नो शरीरमाथि नाना प्रकारका औषधिहरूको परीक्षणगरे । यसै परीक्षणले हेनिमेनलाई जसले रोग उत्पन्न गर्छ, उसैले रोगनिको पार्छ भन्ने जानकारी भयो र उनले ‘सदृशरोगको सदृश चिकित्सा’ भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरे। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात् रोगको स्थायी चिकित्सा विधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात् रोगको सदृशचिकित्सा विज्ञान। होमियोप्याथी आज दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेन्टिना, जर्मनी, युक्रेन, रुस, क्यानाडा, जापानदेखि भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपालसम्म लोकप्रिय छ। विश्वको कुनैपनि चिकित्सापद्धति यस्तो छैन जसको औषधि या उपचार विधि सरल, सौम्य, सुरक्षित, पीडामुक्त एवं दुष्प्रभावरहित होस्। होमियोप्याथी नै एकमात्र चिकित्सापद्धति हो, जसको दर्शन एवं सिद्धान्त निश्चित छ।  यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावट देखि उसको मनोभावना एवं व्यक्तित्व समेतलाई मध्यनजर राख्दै रोगोपचार हेतु औषधिको छनोटगरिन्छ। रोगीको उपचार आरम्भ गर्न तामझाम तथा धेरै जाँचपड्तालको आवश्यकता पर्दैन। यो अपेक्षाकृत कमखर्चिलो छ। डा. हेनिमेनको २६४ औँ जन्मजयन्ती तथा विश्व होमियोप्याथिक दिवस विश्वभर मनाइँदै छ। नेपालमा पनि यो दिवस मनाउन थालेको धैरैवर्ष भइसकेकोछ। होमियोप्याथी संसारकै सबैभन्दा प्रभावकारी उपचारपद्धति हो।

प्रकाशित: २७ चैत्र २०७४ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App