७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँपालिका केन्द्र विवाद् चुलिँदै

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकामा गाउँपालिकाको केन्द्र तोक्ने बारेको विवाद् चुलिँदै गएको छ। गाउँपालिका अध्यक्ष नवराज न्यौपाने पक्षले साविककै लिताकोटमै गाउँपालिका केन्द्र हुनु पर्ने अडान कायम राखेपछि विवाद् चुलिएको हो। उपाध्यक्ष गंगादेवि उपाध्यायको टोलीले बाविरामा गाउँपालिका केन्द्र हुनु पर्ने अडान माग गर्दै आएका छन्।

गाउँ सभामा दुई तिहाई बहुमत दुवै पक्षको पुग्दैन। तर उपाध्यक्षले केन्द्र बाविरा राख्ने गरेको प्रस्तावमा २४ जनाले सहमति जनाएका छन्। अध्यक्ष नवराज न्यौपानेको पक्षमा १७ जना छन्। दोस्रो गाउँ सभामा अन्तिम बिषय गाउँपालिका केन्द्र तोक्ने बारेको छलफलमा अध्यक्ष न्यौपाने छलफल हुँदै गर्दा गाउँ सभा समापन भएको भन्दै साविककै स्थानमा गाउँपालिका रहने घोषणा गरेर हिडेपछि विवाद झन चुलिएको हो।

उता उपाध्यक्ष उपाध्यायले अध्यक्ष न्यौपानेको हर्कतले समानन्तर गाउँपालिका कार्यालय खोलेर सञ्चालन गर्नु पर्ने अवस्था आउन सक्ने बताइन्। उनले गाउँ सभाले पारीत गरेका निर्णय उल्टाउने चेतावनी दिइन्। आगामी दिनमा अध्यक्ष न्यौपानेले ल्याएका कुनै पनि प्रस्तावमा छलफल हुन नसक्ने अवस्थाको सिर्जना हुनसक्ने बताउँदै उनी गाउँपालिका असफल बनाउने कार्यमा लागेको आरोप लगाइन्।

उपाध्यायले अध्यक्षले जनप्रतिनिधीलाई असहयोग गरेर कर्मचारीलाई रुलिङ गर्न लगाउने गरेकोप्रति असन्तुष्टि जनाइन्। गाउँपालिका केन्द्र तोक्ने विषयमा ६ महीना अघि सूचना प्रकाशित भएपनि लापारवाही गरेर समय गुजार्दै गएको वडा सदस्य आदीप्रसाद न्यौपानेले वताए। गाउँपालिकामा अध्यक्ष न्यौपानले बिधी र प्रक्रिया अनुसार अघि नबढेको भन्दै उपाध्यक्ष पक्षधरले समस्या समाधानका लागि पहल गर्न माग गर्दै प्रतिनिधी सभा तर्फका सांसद् गजेन्द्रबहादुर महतलाई आग्रह  गरेका छन्। 

गाउँ सभामा भोटिङ गर्ने र सहमति खोज्ने प्रक्रिया हुँदा हुँदै छलफलकै क्रममा केन्द्र घोषणा गरेर अध्यक्ष भागेकोले अप्ठ्यारो अवस्थाको सिर्जना भएको उनीहरुको गुनासो छ। उपाध्याय पक्षले कानुनी प्रक्रियामा अघि बढाइने बताएका छन् भने  अध्यक्ष न्यौपानेलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

प्रकाशित: २९ चैत्र २०७४ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App