७ वैशाख २०८१ शुक्रबार
अन्य

वसन्तपुरदेखि स्वयम्भूसम्म पदयात्रा हुने

वसन्तपुरदेखि स्वयम्भूसम्म सप्ताहव्यापी पदयात्रा हुने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा दिवसको अवसरमा पदयात्रा गर्न लागेको हो।दिवसका अवसरमा महानगरले २२ सय मिटरको पदयात्रासहित सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । बैशाख २ गते  सुरु हुने पदयात्रा ८ गतेसम्म चल्ने छ ।

महानगरका अनुसार २२ सय मिटरको पदयात्राको क्रममा १९ ऐतिहासिक स्थलको अवलोकन गर्न सकिने छ।महानगरका अनुसार वसन्तपुरको मरु गणेशमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कार्यक्रम उदघाटन गर्ने छन् । स्वयम्भूको भुइँखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समापन गर्ने तय भएको छ।

‘पदयात्रा गर्दा उपत्यकाको विभिन्न ऐतिहासिक सम्पदा अवलोकन गर्न पाइने छ,’ मेयर शाक्यले भने, ‘हामीले स्थानीयसँग सहकार्य गरेर पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुटेका छौं ।’ उनका अनुसार उक्त पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्रविन्दु बनाउन सकिने छ।

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ दुई वटा विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाबीच पैदलयात्रा गर्न लागेको जानकारी दिए । ‘अब वसन्तपुर दरबार क्षेत्रबाट स्वयम्भूसम्म पदयात्रा गर्ने व्यवस्था मिलाउन लागेका छौं,’ उनले भने, ‘सहरी क्षेत्रमा पदयात्राको विकासको साथै सम्पदाप्रतिको जिम्मेवारी समेत बढाउने छ ।’ उनले सांस्कृतिक पयर्टनको अभिवृद्धि गर्ने अभियान लागेको बताए ।यस अवधिमा सरसफाइ, विद्यार्थीलाई पदयात्रा गराउने, कला कार्यशाला, हुलाक टिकट तथा फोटो प्रदर्शनी तथा कबड्डी, विबोइङ्, स्केट बोर्ड आयोजना हुने छन्।

उक्त मार्गको पैदलयात्रामा हनुमान ढोका–काष्ठमण्डप–मरु गणेश–मरु हिटी–मरु वही–सन्तानेश्वर मन्दिर हँुदै मिच्या गल्लीसम्म पुग्ने छ । यसैगरी मिच्या गल्ली–बन्जा हिटी– तेल मिल–चस्वांद हिटी–दमाइ टोल–सुन्ता गल्ली लगायतका स्थानको दृश्यावलोकन गर्न सकिने छ ।

यस अवसरमा पाछैं गल्ली–नरदेवी द्यः छेँ–आयुर्वे्दिक अस्पताल–लोकेश्वर गल्ली–भरुत्ले–छ्य मेँ हिटी–तप्यता– रञ्जित मल्ल सतः घाट–भेलु महादेव–डल्लु चौतारा–निपु हिटी–मीमसेन मन्दिर–धिमे ल्हवं–चारा हिटी–भुइँखेल हुँदै स्वयम्भूसम्म पदयात्रा गर्न सकिने महानगरले जनाएको छ ।

प्रकाशित: ३० चैत्र २०७४ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App