१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यात्रुलाई सधै सकस

सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयको छेवैमा एक अधवैसे दृष्टिविहीन मादल बजाएर आफ्नो गुजारा चलाउँदै आएका छन् । उनी हुन्, गोदावरी नगरपालिका–४, बडीखेलका हरि नगरकोटी।

आफ्नो गुजारा चलाउन उनी बडिखेलबाट सुन्धारासम्म दैनिक आउजाउ गर्छन् । दैनिक बसमा यात्रा गर्ने नगरकोटीलाई सार्वजनिक सवारीमा यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ। सार्वजनिक यातायात सहज नहुँदा चार नबज्दै घर फर्कने गरेको उनी बताउँछन्।सेतो छडी लिएर नेपाल वायुुसेवा निगमको कार्यालय अगाडि लगनखेल जाने बस पर्खिन्छन् । तर, अधिकांश बसले लैजानै नमान्ने गरेको उनको गुनासो छ।

‘माइक्रो बसले सेतो छडी बोकेको देख्दा रोक्नै मान्दैनन्,’ उनले निन्यारो अनुहारमा भने, ‘सार्वजनिक यातायात त दृष्टिविहीनको लागि नभएकोजस्तो भएको छ ।’घण्टौं कुर्दा पनि सवारीसाधन नरोकेपछि कयौ पल्ट चोकमा रहेका ट्राफिक प्रहरी गुहारेको उनी बताउँछन्।

‘सुरुमा त बस चढ्नै मुस्किल छ । चढेपछि पनि सहज यात्रा गर्न पाइँदैन,’ उनी दुखेसो पोख्छन् । गाडीमा यात्रु कोचाकोच हुने भएकाले यात्रा सहज नभएको उनको भनाइ छ ।
सार्वजनिक यातायात अपांगमैत्री नभएकाले समस्या भइरहेको उनको भनाइ छ । सरकारले सार्वजनिक बसलाई अपांमैत्री बनाउनु पर्ने उनको माग छ।बुधबार बेलुका ६ बजे । भृकृटीमण्डप छेवैमा यात्रुको घुइँचो छ । यात्रुका आँखा बसको रुटको जानकारी दिने नेमप्लेटमा घोरिन्थे।

सहचालकले यात्रुलाई जोडजोडले बोलाइरहेको आवाज सुनिन्थ्यो । सोही भीडमा थिइन, ठिमीकी निर्मला पन्त । भृकटीमण्डप अगाडि बस कुरिरहेकी उनले बस चढ्न निकै हानथाप भइरहेको बताइन् ।‘बस चढ्न पनि महाभारत जस्तै हुन्छ । बलिया जर्बजस्ती चढ्छन्, हामी त हेरेको हे¥यौं हुन्छौं । सिटमा बसेर कहिल्यै घर जान पाइँदैन,’ उनले भनिन्, ‘राम्रोसँग उभिन त पाइँदैन, बस्न पाउनु त परको कुरा।’

पन्तलाई उपत्यकाका बसका सहचालक ‘हिटलर’ जस्तै लाग्छ । ‘बसमा चढ्नेबित्तिकै सहचालकले उता सर्नुस्, यता ढल्किनुस्, दुवै साइड लगाएर बस्नुस् भनेर हैरान गर्छन् । पाएजति यात्रु कोच्छन्,’ उनले यात्रा गर्दाको दुःख सुनाइन्, ‘यहाँ यात्रा गर्दा त श्वास फेर्न समेत पाइँदैन ।’धेरै यात्रु नराख्नुस् भन्दा सहचालकले झरे भइहाल्यो भनेर जवाफ फर्काउने गरेको उनले बताइन्।

‘बसमा चढ्नेबित्तिकै सहचालकले उता सर्नुस्, यता ढल्किनुस्, दुवै साइड लगाएर बस्नुस् भनेर हैरान गर्छन् । पाएजति यात्रु कोच्छन्,’ उनले यात्रा गर्दाको दुःख सुनाइन्, ‘यहाँ यात्रा गर्दा त श्वास फेर्न समेत पाइँदैन ।’

उपत्यकामा चल्ने अधिकांश सवारीले सिट क्षमताभन्दा बढी यात्रु दोब्बर यात्रु चढाउने गर्छन् ।
बिहान र बेलुकाको ‘पिक आवर’मा हुने यात्रुको अत्यधिक भीडभाडले यात्रा गर्न निकै सकस हुने गरेको यात्रु बताउँछन् ।काठमाडौं उपत्यकामा चल्ने अधिंकाश सार्वजनिक बसको सिटमा बस्न त परै जाओस् उभिने ठाउँसमेत हुँदैन।

अस्तव्यस्त यातायातका कारण यात्रु समयमा आफ्नो गन्तव्यमा पुग्दैनन् । रत्नपार्क–ठिमी, काडाँघारी–रत्नपार्क, कंलकी–कोटेश्वर,  रत्नपार्क–नारायणटार, रत्नपार्क–कीर्तिपुर, रत्नपार्क–थानकोट लगायतका रुटमा यात्रा गर्नेले सास्ती भोग्दै आएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा बिहान ८ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म एकतर्फी सवारी जाम र अर्काेतर्फ सवारीसाधनमा अत्याधिक मात्रामा भीडभाड हुने गर्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार ‘पिक–आवर’मा  सार्वजनिक यातायातले विद्यार्थी ओसार्ने गरेकाले भीडभाड भएको बताउँछन् । ‘उपत्यकामा साना सवारी हटाएर ठूला सवारीसाधन चलाउनुपर्ने बेला भइसक्यो । साना सवारीकै कारणले जाम बढ्ने समस्या देखिएको हो,’ उनले भने, ‘उपत्यकामा ठूला सवारीसाधन पर्याप्त भित्राएर सार्वजनिक यातायात सुधानु पर्ने बेला भइसक्यो । सार्वजनिक सवारी चढेर नै कार्यालय जाने परम्परा बसाल्नुपर्छ ।’उनका अनुसार सवारीसाधनको आयात मात्रै बढाएर हुँदैन, साँघुरो सडकलाई पनि व्यवस्थित गर्नु पर्छ।

यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले उपत्यका सार्वजनिक सवारीसाधनमा यात्रुले सास्ती भोग्दै आएको स्वीकारे ।‘पिक आवरमा यात्रुको संख्या अत्यधिक र सवारीको संख्या कम हुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘सवारीसाधनमा यात्रु ‘गुन्द्रुकजस्तै’ खादिने गरेका छन्।’

यसबारे जानकार भएर पनि पर्याप्त जनशक्ति नहुँदा अनुगमन गर्न नसकिएको उनले बताए । विभागले उपत्यकाको सार्वजनिक यातायातको समस्या समाधानको लागि मास ट्रान्सपोर्टको नीति अघि सारेको उनले जानकारी दिए । यो नीति आएपछि सार्वजनिक यातायातमा केही सुधार हुने उनको दाबी छ ।‘उपत्यकामा पिक आवरमा यात्रु धेरै र सवारीसाधनको संख्या न्यून देखिएको छ । जसको कारणले सार्वजनिक यातायातमा यात्रा गर्न निकै समस्या हुन्छ ।

सार्वजनिक यातायात सुधार्न विभागले यातायात क्षेत्रको सिन्डिकेट तोड्दै नयाँ सवारीसाधन थप्न रुट पर्मिट दिन थालेको छ ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले साँझ सबैलाई घर फर्कन हतार हुने भएकाले सार्वजनिक यातायातमा बढी भीड हुने दाबी गरे । ‘बेलुकीपख यात्रुको चाप अत्यधिक हुन्छ । जसको कारणले सर्वसाधारणले पिक आवरमा दुःख पाएको महसुुस गरेका छौं,’ उनले कमजोरी स्वीकार्दै भने, ‘उपत्यकाको जनसंख्या बढेकोबढ्यै छ ।

तर, त्यसको अनुपातमा स्तरीय सेवा दिन सकेका छैनौं । अब सबैसँग समन्वय गरेर अघि बढ्छौं ।’आर्थिक वर्ष २०७२-०७३ मा यातायात व्यवस्था कार्यालय बाग्मतीमा दर्ता भएको सवारीसाधनको संख्या ९ लाख २२ हजार ९ सय छ । दर्ता सवारीसाधनमध्ये मोटरसाइकल ७ लाख २२ लाख ७ सय २२ रहेका छन् ।

 

प्रकाशित: ३० चैत्र २०७४ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App