coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत - सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ।यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ।

गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रष्ट भएको छैन।विद्रोही छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ।

सिरियामा जारी द्वन्द्वको क्रममा गत पाँच बर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अन्त्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ ।सिरियाको गुटा सरहमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी सयौ सर्वसाधारणको मृत्यु भएको थियो।

सरकारको तर्फबाट भएको यस रासायनिक हतियार आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै विरोध भएको थियो ।सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षक अझै पनि जारी रहेको छ।सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौ व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ घाइते भएका छन भने, लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्।

छिट्टै निर्णय लिइने अमेरिकी राष्ट्रपतिको भनाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताएका छन्।सिरियामा सरकार र रुसको सहयोगमा भएको रासायनिक हमलाविरुद्ध कस्तो सैन्य कारबाही गर्ने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताएका छन।

सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरुबीच छलफल भईरहेको उनले बताए।गतहप्ता सिरियामा भएका केही हमलाहरूमा रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्त राज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन्।अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने भनि दिएकाे चेतावनीको रुसले बदला लिने प्रतिक्रिया दिएको छ।

पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ।अमेरिकाका लागि रुसी राजदूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावना बढ्ने बताएका छन् । तर उनले युद्ध रोक्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताएका छन्।

तर सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ ।बिहीवार फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंन सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताएका थिए।

बेलयातको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ।बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत रहेकाे र उनीहरु यस विषय निकट रहेर काम गर्ने समेत बताइएको छ।रासस

प्रकाशित: ३० चैत्र २०७४ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App