८ वैशाख २०८१ शनिबार
अन्य

मिथिला–गौरव अमृतनाथ मिश्र

 मोदनाथ प्रश्रित
पुराणहरूले दैवी अवतारका कुरा गरेजस्तै समयले यदाकदा अद्भूत प्रतिभाका गौरवशाली व्यक्तित्वहरू जन्माउँछ । त्यस्तै नेपालका एक अद्भूत प्रतिभाशाली विद्दान्, स्रष्टा, समाजलाई ज्ञान–विज्ञानको आलोकले प्रकाशित गर्ने  म केही शब्दका माला श्रद्घाञ्जलीका रूपमा अर्पण गर्दैछ।

ती मेरो सम्मानका आदर्श नायक हुनुहुन्छ– बहुआयामिक अमृतनाथ मिश्र ।अमृतनाथको स्मरण गर्दा उहा“ जन्मनु भएको मिथिला भूमिको विराट गौरवशाली इतिहास हाम्रो अगाडि जग्मगाउ“छ । जसलाई पुराणहरूले सत्य युग भन्छन्–त्यसको अमर गाथा बोकेको छ यस भूमिले।

ऋग्वेद युगमा आफ्ना पिता निमी जनकलाई उनकै कूलगुरु वशिष्टले मृत्युको श्राप दिए । त्यसपछि नयाँ विद्घान पुरोहित गौतम ऋषिका साथ मिथिला नरेश जनकको ठूलो समूहका ब्रहवर्तदेखि लामो पूर्वी बागा गरी नारायणी, कोशी र गंगा नदीको बीचमा मिथिला गणराज्य स्थापना गरेका थिए।

त्यसबेला गंगाको दक्षिणतिर द्रबिड समुदाय फैलिँदै थियो भने–उत्तरका हिमाल र पर्वतीय भूभागतिर आर्य र किरातगण फैलिएका थिए । यी तीन समूहको लामै समयसम्म जातीय र सांस्कृतिक भिन्नताको ठाकठुक चलेको थियो । मिथिला गणका पुरोहित याज्ञवल्क्य र स्थानीय आदिवाशी समुदायका वैशीपायनको बौद्धिक धाराबीच केही समय द्वन्द्व चल्यो । तर, समयक्रममा शुल्क यर्जुवेदले रुद्र समुदायका महानामक शिवसँगमैत्री भाव बढायो। त्यसपछि तीन समुदायबीच क्रमशः आधारभूत सामजस्य र केही सांस्कृतिक विभेद चल्दै दक्षिण एसिया बह¬जातीय बन्दै गयो।

विभिन्न समूहका भिन्नभिन्न व्यवसायको सांस्कृतिक द्वन्द्वले जातपात र छुवाछुत सम्मको महारोग पनि जन्मायो । त्यसको ६–७ हजार वर्षको अन्तरालपछि मानवजाति जब रेडियो ध्वनिमा लिन थाल्यो, नौ ग्रहका अन्तरिक मार्ग खोज्दै उड्न थाल्यो, अहिले मानव जातिको विश्वव्यापी एकात्मभाव क्र्रमशः विकसित हुँदै आएको छ।

यसै ऐतिहासिक सन्दर्भमा मिथिला भूमिका उज्जवल नक्षत्र महान् विद्धान अमृतनाथ मिश्र पनि आफ्ना ट¬टेफ¬टेका शब्दमालाद्वारा अभ्यचर्ना गर्दै छ¬ । समयले यदाकदा बहुआयामिक व्यक्तित्वका बीज बोकेका मानव प्रतिभा जन्माउँछ । तिनीहरूले यथोचित वातावरण पाए भने आफ्ना आन्तरिक प्रतिभालाई पल्लवित, पुष्पित र फलित तुल्याएर परिवार, समाज, देश र विश्वलाई नै मूल्यवान उपहार प्रदान गर्छन् ।

विशिष्ट प्रखर प्रतिभा र विशिष्ट क्षमताका प्रवृद्ध व्यक्तित्व हुन्– १९७७ सालमा महोत्तरीमा जन्मेर आफ्नो देशलाई र अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत अनेक मूल्यवान प्राज्ञिक उपहार दिँदै मैत्रीभाव बढाउने मूर्धन्य विद्धान शिक्षासेवी, लोकतान्त्रिक जनजागरणका अग्रणी ‘अमृतनाथ मिश्र’।
सात–आठ वर्षअघिका ऋग्वेदका पात्रहरूले यसखाले गीत गाउँदै थिए–
    ‘सङ्गचछध्वम् सम्बदध्वम् संयोमनांसि जानताम्’
    (हे मित्र हो ! सँगै हिँडौ, सँगै बोलौ, सबैको मनोभावलाई ब¬झौँ ।)
    ‘समानी व आकृतिः समान हृदयानि वः’
    (हाम्रा आकांक्षा समान छन्, हाम्रा हृदय समान छन् ।)

त्यस्तो विशाल उदात्त मानवीय चेतना क्रमशः कसरी सेलाउँदै गयो । र, धनाढ्य समान्त र हेपिएका नोकर चाकर, एउटै समुदायका भएर पनि कसरी छूत र अछूत हुँदै गए ?
हिमालयदेखि सागरसम्म सत्र शीरध्वज जनकको राज्य थियो, भन्छ रामायणले । तर, किन राम रावणको घोर युद्ध भएर उत्तर दक्षिणका मानवहरूमा वैरभाव बढ्दै गयो ?

कुनै समय उत्कृष्ट उपनिसद् र दर्शनहरूको अभियान चलाएको वौद्धिक समाज र गौतमबुद्धको समानताको भाव फैलिएको समाज किन एक–अर्कामा विरोधी बन्न पुगे ? सिंगो भारतलाई अंग्रेजी उपनिवेशबाट स्वतन्त्र तुल्याउने महात्मा गान्धी किन भारतीय गोड्सेबाट नै मारिए ? गान्धीको हत्या भयो । तर, उनको विचार धेरैको आदर्श बन्यो।

विश्वनाथ शिवका पूजक काशीमा अध्ययन गर्दा गान्धीको आदर्शबाट प्रेरित मानवतावादी वेद, व्याकरण, धर्मशास्त्र, आयुर्वेद, साहित्य, संगीत आदिको अध्ययनमा निपूर्ण भएका विद्धान अमृतनाथ मिश्र, आफ्नो राष्ट्रको उन्नतिका लागि नयाँ–नयाँ सोच र विचारका साथ मिथिला फर्के । उनले नेपालको परिर्वतनशील अवस्थालाई गम्भीर रूपले बुझेर दूरगामी सोचसहित कर्म क्षेत्रमा फर्किए।

आफ्नो जीवनका आदर्श र ध्येय अघि बढाउने उद्देश्यले उनले आफ्ना गाउँका उदार व्यक्तिहरूलाई साथ लिएर विद्यालय स्थापना गरी, समर्पित शिक्षकको भूमिकामा जीवनका अमूल्य वर्षहरू अर्पण गर्दै गए । उनी जनतालाई सुसंस्कृत, सभ्य, जागरुक लोकतान्त्रिक चेतनायुक्त तुल्याउने अभियानमा पनि उत्तिकै कृयाशिल रहे ।

सर्वसाधारण जनताले पनि समय निकालेर विविध विषयको ज्ञान हासिल गरुन् भन्ने ध्येयले उनले सुधा पुस्तकालय सञ्चालन गरे । आयुर्वेदिक चिकित्सालय खोलेर जनतालाई रोगमुक्त स्वस्थ बनाउने अभियान पनि चलाउँदै रहे । उनले आफ्ना निकटम गाउँहरूलाई नयाँ चेतनाले ब्युझ्याइँ, सामन्तवाद र उपनिवेशवाद विरोधी संस्कार जगाइदिएर प्रजातान्त्रिक समाज निर्माण गर्न पनि आफ्नो समय राजनीतिक जागरणमा बिताए।

२००७ सालमा नेपाली जनताले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको प्रजातान्त्रिक व्यवस्थालाई सृृढृढ तुल्याउन मिश्रजी प्रवचन, गीत, संगीतजस्ता विविध माध्यम प्रयोग गर्दै रहे । उनले सामाजिक जागरणविहीन, शिक्षाविहीन सर्वसाधारण जनतासम्म पुर्‍याउन श्रीमत्भागवत्को प्रवचन मैथली भाषाको माध्यमबाट अत्यन्तै सुन्दर, सुमधुर गीत–संगीतको प्रयोगद्धारा बढाउँदै व्यापक बनाउँदै गए । उनी नेपालका सबै भाषा सभ्यता उत्तरोतर परिष्कारसहित अघि बढोस् भन्ने चाहान्थे।

प्रकाण्य विद्धान मिश्रजी रामको ससुराली भूमिमा जन्मेका थिए। तर, उनले समाजलाई जागरुक तुल्याउन रामका जीवनको रामायणलाई माध्यम नबनाएर, गोक¬लमा जन्मेर मथ¬रा वृन्दावनतिर आफ्ना विविध भूमिका रचेका कृष्णको भागवतलाई किन प्राथमिकता दिए होलान् ? मलाई लाग्छ, ‘राम र रावणको युद्ध जातीय धर्म संस्कृतिको द्वन्द्वको कारणबाट भयो ।

त्यसले तत्कालिन भौतिक दृष्टिले सम्पन्न विज्ञानको केन्द्र लंकालाई नै ध्वस्त पा¥यो । तर, कृष्णको गहन सोचले ‘महाभारत’जस्तो जुवाडे युद्धमा फसेका नायक पाण्डवहरूबाट समाजअघि नबढ्ने निष्कर्ष निकाली त्यसलाई युद्धबाट नै भताभुंग पारेको थियो । अनि दाजु बलरामको हल सञ्चालन र कृष्णको गोपालनद्वारा कृषियुगलाई अघि बढाउने युग प्रवर्तक काम ठूलो अभियानसाथ अघि बढेको थियो।

अमृतनाथजी संस्कृत वाङ्मयका प्रकाण्ड विद्धान र कवि थिए । उनले पौराणिक अवतारवादको धारणाले राम र कृष्ण दुवैको मर्यादाअघि बढाए । उनको संस्कृत वाङ्मयप्रतिको बलियो पकड र बहुभाषी छन्दहरूको लालित्य सौन्दर्यको कारणले आफूले आदर्श ठम्माएका युगयुगका नायकहरूका राम्रा गुण र पक्षलाई समयानुकूल अँगाल्दै आए।

उनको कवित्व शक्ति प्राचिन संस्कृत कवि कालिदास, भारवी माघ आदिको जस्तै प्रखर भएकोले उनले संस्कृत वाङ्मयका विविध छन्द, लय, अलंकारका बहुआयामिक विशेषताद्वारा आफ्ना बहुभाषिक कविताहरूलाई आकर्षक ढंगले सजाएका छन्।
संस्कृत भाषामा       
श्रीमन्धन्दन–चचितामलबपुः शुक्लाम्बरा मल्लिका
मालालालिन–क¬न्तला, प्रविलसन्मुक्तावली शोभिता
सर्वज्ञानविधान प¬स्तकधरा, भंद्राक्षमाला धरा
सा देवी हृदयाम्ब¬जे बसतुमे त्रैलोक्य माता चिरम्
अनुवाद
(तीनै लोककी आमा देवी सरस्वती मेरो हृदय कमलमा निवास गरुन् । तिनको स्वच्छ शरीर बहुमूल्य चन्दनले शोभित छ । उनले स्वच्छ वस्त्र पहिरेकी छन् । सबै ज्ञानले भरिएका पुस्तक समाई भद्राक्षमाला पहिरेकी छन् ।
 हिन्दी भाषामा भत्तिमय कविता
क्या आली ! तुमसे कहौं हम अमी आई जहाँ जानकी
मानो आज विलास मानस बहु, श्रीरामजी धामकी,
गंगा सागरसंग रंग धनुषा, सर् सारकी मानकी
मै आरामभरी विलोकत सखी चिन्तातुरी रामकी ।
मैथिली भाषामा
महामारी चिन्ता ग्रसित हम छी, हे भगवती !
अहीं छी चिन्ताके शमन करबाभे बलबती,
अहीं मे छी आशा सतत रखने चातक जकाँ,
कहू की हे माता ! नहि बनत आलस्य रखने।
बहु प्रतिभाशाली प्रकाण्ड विद्धान अमृतनाथ मिश्रको कीर्ति अमर रहोस् ।
                        
 

प्रकाशित: १ वैशाख २०७५ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App