८ वैशाख २०८१ शनिबार
समाज

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

वीरगन्ज– पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो। पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको पर्साको उतरी भेगका गाउँहरुमा जंगली हात्तीबाट बर्षेनी जनधनको क्षति हुने गरेको छ। यसपाली बैशाखको शुक्ल पक्ष त्रियोदशीमा लाग्ने पर्सा आरक्षभित्रको दुग्धेश्वरनाथ महादेव मन्दिरको मेलाको समयमा यी दुई घट्ना भएका हुन्। 

मारिएका सहनी भाथा डाँडास्थित दुग्धेश्वर मन्दिरको पुजारी रहेको बताइएको छ। उनी बिहीबार साँझ मन्दिर भएको डाँडा मुनी रहेको नदीमा गएका बेला जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणपछि ईलाका प्रहरी कार्यालय पेटर्वासुगौलीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले सहनीको शव फेला पारेको थियो। मृतक सहनीको शबलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा राखिएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए। त्यस्तै शुक्रबार भाथा मेला हेर्न गएका तामाङ्गको ज्यान गएको हो। 

जंगली हात्तीको आक्रमणबाट मेला नजिकैको जङ्गलमा उनको मृत्यु भएको बताइएको छ। बथानबाट उछिटिएर एक्लै डुलिरहेको हात्ती मेलातिर प्रवेश गर्न लाग्दा मानिसको अबरोधबाट जङ्गलतिरै फर्केको थियो। लिम्बुका अनुसार साँझ ८ बजे मेलाबाट फर्केर मोटरसाइकलमा आइरहेका २ जनाउपर सोही हात्तीले आक्रमण गरेको थियो। हात्तीले आक्रमण गर्न आएपछि चालक भाग्न सफल भएका थिए भने मोटरसाइकल पछाडी बसेका तामाङ हात्तीको चपेटामा परेका थिए। उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ वैशाख २०७५ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App