८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँपालिकाको सभाहलमा बम विष्फोट

इलाम – चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

गएराति ८ बजेतिर बाहिरपट्टिबाट छतमा चढेर बम विष्फोट गराएको बुझिएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए। ‘गाउँपालिको सभाभवनको छतमा अर्काे तल्ला थपिँदै थियो, थपिँदै गरेको तल्लाको छतमा बम पड्काएर नाङ्लो आकारको प्वाल पारिएको छ,’ अध्यक्ष राईले भने, ‘कुन खालको बम कसले र किन पड्कायो भन्ने पत्ता लाग्न सकेको छैन।’ उनले प्रहरीलाई घटनाबारे जानकारी दिएको र प्रहरीले निरीक्षण गरेको बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी विपीन कर्माचार्यले घटनाबारे अनुसन्धान भइरहेको जनाए। ‘बिष्फोट भएको हो तर अहिलेसम्म कसले र किन विष्फोट गरायो भन्ने केही पत्ता लाग्न सकेको छैन, अनुसन्धान भइरहेको छ,’ डिएसपी बस्नेतले भने।

प्रकाशित: २ वैशाख २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App