coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

काठमाडौं- थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ। गत अप्रिल ७ देखि बैंककको छाइछ्याम्फेमा सुरु भएको साताव्यापी शिविर शनिबार सम्पन्न भएको हो। शिविरमा सहभागीहरुले नेपालको मौलिक संस्कृति,पारीवारिक मुल्य मान्यता, समाज,धर्म संस्कृति,योगअभ्यास लगायतका दर्जनौं विषयमा जानकारी लिनुका साथै व्यवहारिक अभ्यासहरु समेत गरेका थिए। थाई नेपाली संघको आयोजनामा बैंककमा भएको शिविरमा थाइल्याण्डका विभिन्न स्थानबाट बालबालिकाहरु सहभागि भएका थिए। ।

कहिल्यै घर नछाडेका बालबच्चाहरु गुरुकुल शैलीमा आवासीय शिविरमा सहभागी भएका थिए । नेपाली जनजीवन र संस्कृति झल्काउने गीत संगीतहरुको प्रस्तुति, गोरखालीको हतियारको रुपमा रहेको खुकुरी नाच,योगका विभिन्न अभ्यासहरु सिकाइएको थियो। शिविरमा नेपालबाट अतिथिको रुपमा सहभागी भएका डा. चिन्तामणी योगीले अभिभावक र बालबालिकाहरुलाई घरमा नेपाली भाषा प्रयोग गर्न सुझाएका थिए।

शिविरको अन्तिम दिन कार्यक्रममा सहभागिहरुलाई राजदूत खगनाथ अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: २ वैशाख २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App