८ वैशाख २०८१ शनिबार
अन्य

प्रधानमन्त्रीमाथि व्यंग्य

प्रधानमन्त्री केपी ओलीको बारेमा सामाजिक सञ्जालमा चर्चा भइरहन्छ । चिया पसल, सार्वजनिक स्थान, सञ्चार माध्यम मात्र होइन, सामाजिक सञ्जालमा धेरै चर्चा हुने नेतामा पर्छन् उनी।

प्रधानमन्त्री हुनुअघि होस् वा भइसकेपछि, उनी नेपाली राजनीतिसँगै सदावहाररूपमा सामाजिक सञ्जालमा छाइरहेका छन् । उनले बाँड्ने सपना र उनका गतिविधिबारे सामाजिक सञ्जालमा छरपस्ट रूपमा टिप्पणी पढ्न पाइन्छ।

नयाँ वर्ष २०७५ को अवसर पारेर प्रधानमन्त्री ओली मुगुको रारा ताल पुगे । रारा कर्णाली वर्ष २०७५ को शुभारम्भ गर्न रारा ताल पुगेका उनले त्यहाँबाट देशबासीको नाममा सम्बोधन पनि गरे । प्रधानमन्त्री रारा पुगेको विषयमा ट्विटरमा विभिन्न चर्चा–परिचर्चा भए।ब्रेक विनोद ट्विटर ह्यान्डलबाट ट्विट आयो, ‘यो देशमा रारा नपुग्ने केपी ओली र म थियौं । केपी ओली पनि पुगेचन् । एक्लै भइयो अब त।’

प्रधानमन्त्री रारा पुगेकै सन्दर्भमा कर्णालीको विकासबारे प्रमिस नाम राखिएको ट्विटर ह्यान्डलबाट आएको टिप्पणी यस्तो छ, ‘आजभन्दा छ दशकअघि पनि राजा महेन्द्र रारा पुगेकै थिए । खै त आजसम्म मुगुको त मुहार फेरिएको छैन । रञ्जित रेले महेन्द्रपछिको केपी भनेकै कारण ओली रारा पुगेका त हैनन् ? महसुस हुने गरी कर्णालीको विकास देख्न पाइयोस् ओलीको कार्यकालमा।’

रारा कर्णाली वर्षकै सन्दर्भमा टिप्पणी गर्दै बिमल पोखरेलले ट्विट गरेका छन्, ‘प्रधानमन्त्री केपी ओली पुगेको रारा तालमा म ६ वर्षपहिले नै पुगेको थिएँ । रारालाई हेला नगरियोस् । पर्यटक पुर्याउन सजिलो छैन । अहिले नै मुगुका व्यावसायीले धेरै पर्यटक लैजान सक्दैनन् । जताततैबाट सहयोग गरौं।’

प्रधानमन्त्री ओलीले समयसमयमा बाँड्ने रेल, पानीजहाज र रकेटका सपनाबारे पनि पर्याप्त व्यंग्य र टिप्पणीहरू सामाजिक सञ्जालमा पढ्न पाइन्छ । केपी ओलीले प्रधानमन्त्री हुनुअघि र भएपछि बाँडेका सपनाबारे टिप्पणी गर्दै लुमिनस जिरो थर्टी सेभेन ट्विटर ह्यान्डलबाट ट्विट भयो, ‘चाली च्याप्लिनजस्तै केपी ओलीलाई पनि आवाजविहिन बनाउनुपर्यो । भाषण सुन्ने मान्छे हाँसेर मर्न थाले रे।’

प्रधानमन्त्री हुनुअघि होस् वा भइसकेपछि, उनी नेपाली राजनीतिसँगै सदावहाररूपमा सामाजिक सञ्जालमा छाइरहेका छन् । उनले बाँड्ने सपना र उनका गतिविधिबारे सामाजिक सञ्जालमा छरपस्ट रूपमा टिप्पणी पढ्न पाइन्छ।
 

कम्लुले ट्विट रेल र पानीजहाजको सपनाबारे व्यंग्यात्मक ट्विट गरेका छन्, ‘सररर रेलमा चढेर जागिर जाँदैछु । भोलि पानी जहाजबाट कम्पनीको माल झार्न जानु छ । यस्तै यस्तै कल्पनामा हराउन थालेको छु केपी ओली प्रधानमन्त्री भएको दिनदेखि।’

भारतले विगतमा दिएका आश्वासन र सहयोगको प्रतिबद्धता पूरा नभएको भन्दै निर्वाण योगीले भारतीय प्रतिवद्धतामा ढुक्क हुन नहुने आशयको ट्विट गरेका छन्, ‘१४ वर्षअगाडि सुरु गरेको हुलाकी राजमार्गदेखिका अन्य सयौं योजनाहरू अझैसम्म ५० प्रतिशत पनि नसक्काउने भारतले ६ वर्षभित्र काठमाडौंमा रेल ल्याइदिन्छ भन्दै नाङ्लोजत्रो छाती बनाउने हाम्रा प्रधानमन्त्री केपी ओलीज्यू मूर्ख हुन् की उनका कुरा पत्याउने हामी मूर्ख हौं, छुट्याउनै गाह्रो भयो ।’यीसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीबारे विभिन्न खालका रमाइला, रोचक र घोचक टिप्पणीहरू पढ्न पाइन्छ।

प्रकाशित: ३ वैशाख २०७५ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App