८ वैशाख २०८१ शनिबार
कला

शोकमा शिक्षा अभियानलाई सघाउँदै मदकृष्ण

बाँके– पत्नी बियोगको शोकमा छन कलाकार मदनकृष्ण श्रेष्ठ अहिले । जीवनका हरेक मोडमा साथ दिदै आएकी पत्नी यशोदा सुवेदी श्रेष्ठलाई उनले दुइ साता अघि गुमाएका थिए । क्यान्सर रोग कारण यशोदाको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । पीता मदककृष्णको आखाबाट औलाएको छैन।

जीवन सगीनी गुमाउनु पर्दाको पीडा उनको आखाले देखाइरहेको छ । शोकमा छन वरिष्ट हास्य कलाकार मदककृष्ण । बोल्न पनि गाहो भैरहेको छ अहिले सबैलाई हसाउने मदनकृष्णलाई। तर उनी शोकमा चुपचाप छैनन । शोकको घडीमा पनि  सामाजिक सेवामा सरिक भैरहेका छन।पत्नी बितेको १४ दिन पुग्दा मदनकृष्ण शिक्षाको ज्योती ग्रामिण स्तरमा फैलाउने अभियानमा सरिक भैरहेका छन।

आइतबार बाँकेको कोहलपुरमा समता स्कुलको भर्ना अभियानमा मदककृष्णले पत्नी यशोदालाई गुमाउनु पर्दाको पीडा अभिभावकसँग साटे। र मञ्चबाटै शोकमा पुण्य काम गर्ने घोषणा समेत गरे । उनले स्व.पत्नी यशोदाको नाममा ५ र आफनो नामबाट १ विद्यार्थीलाई उच्च शिक्षा सम्मको खर्च ब्यहोर्ने घोषणा गरे । श्रेष्ठ परिवारले कृति गन्र्धव, निशा परियार, वर्षा गन्र्धव, टिका सुनार, सुमित्रा परियार, कृतिका सुनारलाई छात्रवृत्ति प्रदान गरेको छ।

उनलाई साथ दिदै हरिवंश आचार्यले पनि स्व. पत्नी मीरा, पत्नी रमिला र आफनो नामबाट २ विद्यार्थीलाई उच्च शिक्षा सम्म छात्रवृति प्रदान गर्ने घोषणा गरे । हरिवंशले पुष्पा परियार र सुजता विकलाई उच्च शिक्षा सम्म आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । शोकका क्षणमा मदककृष्णलाई साथ दिदै हरिवंश आचार्य समता अभियानलाई साथ दिइरहेका छन।

वितेको वर्ष मित्र र सत्रु वर्ष दुबै भएको बताउँदै हरिवंशले शिक्षा अभियानलाई साथ दिने बताए। ‘मदनदाई शोकमा हुनुहुन्छ । हाम्रा लागी २०७४ सत्रु र मित्र साल रह्यो । हामीले बनाएको सत्रुगते फिल्म राम्रो भयो । तर हामीले यशोदा भाउजुलाइ गुमायौं, हरिवंशले भने, ‘मदनदाइ शोकमा हुनुहुन्छ । यस्तो क्षणमा पनि दाइ(मदकृष्ण) आफै आएर समता स्कुलको अभियानमा सरिक हुनु भयो । हामी शिक्षालाई समान रुपमा जनतामाझ पु¥याउने अभियानलाई साथ दिन आएका हौं।’

उनले थपे, ‘आमाको काख सबै भन्दा ठुलो विश्वविद्यालय हो । आजका बालबालिका भोलीको भविष्य हुन । बालबालिका शिक्षित नभए घर शिक्षित हुदैन । हामीले निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न विद्यालय अभियान सुरु गरेको हौइनौं । हामी प्रतिस्पर्धी पनि होइनौं । शिक्षाको ज्योतीलाई फैलाउन हामी सहकार्य गरेर अगाडी बढन चाहन्छौं।’

समता स्कुलमा पिडडिएको वर्गले मात्र पढने विद्यालय नभएको हरिवंशले बताए । उनले थपे, ‘ सबै अभिभावकले निजी विद्यालयमा पढाउन सक्दैनन । समता स्कुल पिछडिएको वर्ग वा विशेष वर्गले मात्र पढने विद्यालय होइन । यो भिन्न अभियान हो । शिक्षाका लागी उपहार हो ।’
समता स्कुल अभियान सुरु भएको १८ वर्ष पुग्न लाग्यो नेपालमा।

यसअवधिमा नेपालको ७७ जिल्लामा समता स्कुलले मासिक १ सय रुपैया लिएर शिक्षा प्रदान गरिरहेको छ । कोहलपुरमा दुइ वर्ष देखी स्कुल संचालन भैरहेको छ । गत वर्ष सुरुआत गर्दा ४० विद्यार्थी थिए । आइतबार सम्म ७० विद्यार्थी पुगेका छन।भर्ना शुल्क १ सय ५० मात्र दिए पुग्छ समताका विद्यार्थीले । आर्थिक अवस्था हेरेर त्यो शुल्कलाई पनि अनिवार्य नगरिएको बताउँछिन कोहलपुर स्थित समता स्कुलकी प्रिन्सिपल शोभा आचार्य।

आइतबार मह जोडी भर्ना अभियान कार्यक्रममा आउँदा खुसी थिइन प्रिन्सिपल आचार्य । उनले भनिन, ‘मदनकृष्ण र हरिवंश दाई भर्ना अभियानमा आउनु हाम्रो लागी ठुलो कुरा हो । उहाँहरुको कुराले अभिभावक र विद्यार्थीलाइ उत्प्रेरणा मिलेको छ । हामीलाई पनि काम गर्ने हौसला मिलेको छ।’समता फाउण्डेशनमा संस्थापक उत्तम संजेलले नर्सिङ, बिएन लगायत प्राविधिक शिक्षा पनि मासिक १ सयमा पढन पाउने अभियान सुरुआत गर्ने बताए।

 

प्रकाशित: ३ वैशाख २०७५ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App