कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

सोमबार, ०३ बैशाख २०७५, १२ : ४८ नागरिक


बागलुङ – बाग्लुङकाे प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ। 

नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो। रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। 

दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार संकलन भएको हो। यस्तै, ९३ पाथी चामल बिक्रीबाट रु ५८ हजार, सिक्का सटहीबाट रु १५ हजार आम्दानी भएको छ। बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताए। 

सो अवधिमा रु दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ। बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा गएको चैतमा रु तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ। “चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो”, अध्यक्ष खड्काले भने। 

सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ। बडादशैँ र चैतेदशैँमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ। मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ । 

समितिले हरेक महिनाको आय व्यय विवरण सार्वजनिक गर्दै आएको छ। जसअनुसार गएको चैत महिनामा रु एक लाख ४४ हजार खर्च भएको जनाइएको छ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘लिलिबिली’लाई चार करोड

‘लिलिबिली’लाई चार करोड

नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित प्रेमकथाको फिल्म ‘लिलि बिली’को पाँच दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्म...

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

लिम्बु भाषा र संस्कृतिमा बनेका फिल्म तथा संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै संगीतकार प्रेम पन्धाकलाई ‘एफएलएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान...

थिएटर ग्यारेजमा बाल नाटक

थिएटर ग्यारेजमा बाल नाटक

अभिनयको प्रशिक्षण लिइरहेका बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

Fixed Ad