८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

क्वेटा – पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ।
स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

गोली लागि दुईजनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको बताइएको छ।गोली चलाउनेहरुको खोजी भइरहेको प्रहरीले  जनाएको छ।

पाकिस्तानमा क्रिश्चियनमाथि भएको एकै महिनाको यो द्रोस्रो घटना हो, यस अघि क्वेटामै आफन्त भेट्न गएका ४ जनाको गोली हानी हत्या भएको थियो। 

प्रकाशित: ३ वैशाख २०७५ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App