पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान (फाेटाे फिचर)

सोमबार, ०३ बैशाख २०७५, १६ : ४३ नागरिक


लिस्बन – पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन्। त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन्। 

नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ। पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। दर्शकदीर्घाबाट हजारौं नेपाली तथा विदेशीहरु त्यहाँ भइरहेका गतिविधि हेरिरहेका छन्। 

छातीमा हात, साथमा नेपाली राष्ट्रिय झण्डा। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली”, बोलको राष्ट्रिय गीत गुञ्जिरहँदा देशप्रेमले सहभागीको मुटु ढक्क फूलेको महसुस हुन्थ्यो। एकपछि अर्को गर्दै नेपाली राष्ट्रियतासँग जोडिएका गीतहरू घन्किरहँदा दर्शकदीर्घामा सहभागीहरु कहिले नाचिरहेका देखिन्थे त कहिले गीतको तालमा ताल मिलाइरहेका देखिन्थे। यो दृश्य त्यसभित्रको कुनै कार्यक्रममा हुँदो हो त सामान्य जस्तै लाग्ने थियो होला। तर यो दृश्य सात समुद्रपारि युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आइतबार देखिएको हो। 

नेपालीको परिचयसँग जोडिएका विभिन्न वेशभूषामा सजिएकाहरु लिस्बनस्थित मार्तिम मुनिज पार्कमा भेला भएर नेपाली महोत्सव मनाइरहँदा प्रवासमा रहेर पनि नेपाल मै भए जस्तै धेरैले अनुभूत गरे। नेपाली मात्रै होइन विदेशी नागरिकहरु समेत दर्शकदीर्घामा रहेर नेपाली महोत्सव नियालिरहँदा आयोजक संस्था भने यो कार्यक्रमले नेपाल र नेपालको परिचय विदेशीमाझ चिनाउन केही भएपनि योगदान दिन सकेकामा मख्ख देखिन्थे। महोत्सव वरपर राखिएका स्टलहरुमा विदेशीहरुले चासोका साथ नेपाली उत्पादन र नपाली पर्यटनको अध्ययन तथा अवलोकन गरिरहेका थिए। 

उक्त महोत्सवमा दौरा सुरुवाल, गून्यू चोलो, चौबन्दी चोलो, सारीमा मात्र हैन मगर, तामाङ, शेर्पा, नेवारी, गुरुङ वेशभूषालगायतका थरिथरिका वेशभूषामा सजिएका नेपालीहरु देखिन्थे। 

यो दृश्य नेपालीहरुका लागि सामान्य जस्तै लाग्ने भएपनि विदेशीहरुका लागि भने फरक र अनौठो दृश्य थियो। 
नेपालीहरु जस्तै विदेशी नागरिकहरु पनि चाख लाग्दो तरिकाले यी र यस्ता थुप्रै दृश्यहरु मुग्ध हेरिरहेका देखिन्थे। 

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ पोर्चुगलले पहिलोपटक आयोजना गरेको नेपाली महोत्सवमा विदेशीहरुले उत्साहका साथ अवलोकन गरेका हुन्। 

नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले विदेशी भूमि पोर्चुगलमा नेपाली महोत्सव आयोजना गरिएको हो। 

महोत्सवमा “यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ” र “बिर्सेको छैनौं हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौंला” भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरु नेपाली झण्डा फहराउंदै नाचिरहेका देखिन्थे। 

यस्तै, ख्यातिप्राप्त लोकदोहोरी गायक जेबी वलीले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरुलाई छमछमी नचाएका थिए । दुई बालिकाले यहांँको स्थानीय पोर्चुगिज भाषा मै प्रहसन समेत प्रस्तुत गरेका थिए। 

महोत्सवमा नेपाली कला र लोक संस्कृति झल्कने नेपाली वेशभूषासहितको विशेष साँस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो। 

विदेशीहरुलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको संघका अध्यक्ष कुबेर कार्कीले बताए। यहाँको स्थानीय प्रशासनको सहयोगमा न्यूनतम खर्चमा महोत्सव सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताए। महोत्सवको नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ। 

महोत्सवको उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले नेपाली कला र लोक संस्कृति र पर्यटन प्रवद्र्धनका लागि विदेशी भूमिमा नेपाली महोत्सव आयोजना हुनु नेपालीहरुका लागि गर्वको विषय भएको बताए। 

महोत्सवले नपालको पर्यटन उद्योग प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन दूत रमेश कुमार गुरुङले बताए। 

महोत्सवमा पोर्चुगलबाट नेपालका लागि वाणिज्यदूत एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाललगायतले नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिएका थिए। 

महोत्सव नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श तथा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको हो। 

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका सामग्री राखिएका नौ वटा स्टल राखिएका थिए। 

महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायक जेबी वली, गायक देव लामा, लोक गायक भगवान् भुजेल, लोक दोहोरी गायिका गीता रेउलेलगायत एक दर्जन बढी कलाकारले प्रस्तुति दिएका थिए। भरत प्रधान / रासस

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...