दी भ्वाइससँग क्याप्सुल ९ को सहकार्य

सोमबार, ०३ बैशाख २०७५, १७ : ३५ नागरिक


काठमाडौं– आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ। शो आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार सहकार्यको सम्झौता भएको हो। राजधानीमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो। क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए। उनले देशभर ७० वटा डिलर डिलरमार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्ने जानकारी दिए। ‘अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो। अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पु¥याउने अभियानमा छौं,’उनले भने, ‘शो आयोजकसँग शो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट बिक्री गर्ने सहमति पनि भएको छ।’

शोका निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग शोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए। ‘हाम्रो शोसँगै क्याप्सुल ९ को प्रबर्द्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ’, पौडेलले भने।
नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो। नेपाल फ्रेञ्चाइजीको शो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल छन्। 

यो शो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फूटबल हुने भएपछि आयोजकले साउन महिनाबाट शोको प्रसारण शुरु गर्न लागेका हुन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र...

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...