८ वैशाख २०८१ शनिबार
अर्थ

'नेपालका लागि बंगलादेश वैकल्पिक बजार हुन सक्छ'

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी वंङगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ।

राजदूत साम्ससंगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसंग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राखेको पुनको नीजि सचिवालयले जनाएको छ। मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको समेत बताएका थिए। उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न वङगलादेश तयार रहेको भन्दै त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताइन्। ‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ,’ भेटमा राजदूत साम्सले भनिन्।

जवाफमा मन्त्री पुनले ठूला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी वङगलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए।

साम्सले वङगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागी वंङगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन ईच्छुक रहेको समेत बताइन्। जवाफमा मन्त्री पुनले वङगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिए।

वङगलादेशी राजदूतले सन् २०२१ सम्म वङगलादेशलाई १३ हजार मेगावाट विजुली आवश्यक रहेको भन्दै नेपालको लागि वङगलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताइन्। उनले पावर सेक्टरमा नेपाल भारत र वङगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिइन्।

‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागी आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसंग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ,’ राजदूत साम्सले भनिन्।

प्रकाशित: ३ वैशाख २०७५ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App