काठमाडौं- वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भाषाको ज्ञान नभएका कारण नेपाली श्रमिकले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै जेल परेका कामदारलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनी उपचार प्रदान गरिने जानकारी दिए।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्य–पूर्वी देशमा करिब ५०० नेपाली श्रमिक जेलमा रहेको जनाएको छ ।
वैदेशिक श्रमिकबाट प्राप्त हुने विप्रेषणले मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब ४० प्रतिशत योगदान रहेको बताउँदै मन्त्री विष्टले विप्रेषणको निश्चित प्रतिशतलाई उत्पादनमूलक कार्यमा सरकारले लगानी गरी उनीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरिने बताए।
उनले भने, “सामाजिक न्याय उपलब्ध गराउन भाषा र सीप जानेका जनशक्तिलाई सम्बन्धित मुलुकमा बसोबासको व्यवस्था गरी कानुनी परामर्श तथा अन्य भाषागत सहयोगसमेत उनीहरुलाई दिइने छ।”
मन्त्रालयले श्रमिकलाई गन्तव्य मुलुकको सेवा सुविधा निर्धारण गर्न, कामदारको सुविधा र श्रमिक पठाउन सकिने विषयमा र विप्रेषणलाई अनिवार्य रुपमा बैंकिग प्रणालीबाट स्वदेशमा प्राप्त गर्नेसम्बन्धमा तीन वटा कार्यदल गठन गरेको छ।
वैदेशिक श्रमिकको कामका सिलसिलामा दुर्घटना वा विभिन्न कारणबस मृत्यु भएकाको शवलाई स्वदेश ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्ने स्थानको १० दिनभित्र व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
निर्देशक प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ एनएफडीसी पुरस्कारको सर्वाधिक ८ विधामा मनोनयन भएको छ। ...
अभिनेत्री मनीषा कोइरालाले लेखक अरुण शर्माको उपन्यास ‘मिसिगन ब्लुज’को लोकार्पण गरेकी छिन्। ...
कविता वाचनको श्रृंखला ‘ज्योति कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्। ...
छोटो समयमै धाँशु अभिनयको बलले निर्देशकको रोजाइमा पर्दै आएकी अािलया अब सञ्जयलिला भन्सालीको नजरमा परेकी छिन्। ...
यसमा तपाईको मत