युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

सोमबार, ०३ बैशाख २०७५, २० : ३६ नागरिक


काठमाडौँ- आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा संघको आगामी महाधिवेशन, समीक्षा, बिदाइ र मनोनयनलगायत कार्यसूची रहेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए। 

आन्तरिक विवाद र विभिन्न निर्वाचनका कारण संघको केन्द्रीय कमिटी बैठक डेढ वर्षपछि मात्र बसेको हो। 

बैठकको उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनको घोषणापत्रबमोजिम विकास र समृद्धिको यात्रामा संघ सहयोगी हुनुपर्ने बताए।

संघका अध्यक्ष राजीव पहारी प्रदेश नं ४ को प्रदेश सदस्यमा निर्वाचित भएपछि नेतृत्व हस्तान्तरणबारे पनि बैठकमा छलफल हुन लागेको हो। 

अध्यक्ष पहारीले एमाले र नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि संघ र योङ कम्युनिष्ट लिगबीचको एकताका लागि तयार रहन निर्देशन दिए। उनले आन्तरिकरुपमा एकमना एकताका साथ अघि बढ्न पनि आग्रह गरे। 

संघका पूर्वअध्यक्ष केशव स्थापित, महेश बस्नेत, निरु पालले पनि बैठक सफलताको कामना गरे। बैठक भोलिसम्म बस्नेछ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...