coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएल : कोलकाताद्वारा दिल्लीसामु २०१ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्ससामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै २०० रनको योगफल तयार पार्यो। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाए। ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका नितिश क्रिश मोरिशको बलमा गौतम गम्भीरबाट क्याच आउट भए। 

१२ बल खेलेका आन्द्रे रुसेलले ६ छक्काको मद्दतमा ४१ रन जोडे। रोविन उथप्पाले १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रनको योगदान दिए। क्रिश लेनले २९ बलमा ४ चौका र १ छक्कासहित ३१ रन जोडे। कप्तान दिनेश कार्तिकले १० बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंक जोड्न असफल रहे। कोलकाताले अन्तिम समयमा लगातार ४ ओभर गुमाएको थियो। 

बलिङतर्फ राहुल तेवातियाले सर्वाधिक ३ विकेट लिए। ट्रेन्ट बोल्ड र क्रिश मोरिसले समान २ विकेट गिराउँदा सहवाज नादेम र मोहम्मद शामीले १–१ विकेट लिए। 

इडेन गार्डेनमा कोलकाता र दिल्लीबीच रोमाञ्चक खेल भइरहेको छ। रोमाञ्चक यसकारण पनि छ की दिल्लीका कप्तान गौतम गम्भीर कोलकाताका पूर्व कप्तान हुन्। पूर्व टिमविरुद्ध उनी आफ्नो नेतृत्वमा दिल्लीलाई खेलाइरहेका छन्। अर्काेतर्फ आइपीएलमा चौथो खेल खेलिरहेका दुबै टिमले अहिलेसम्म समान १–१ खेल जितेका छन्। प्लेअफ प्रवेशका लागि महत्वपूर्ण आजको खेल जित्नुपर्ने दबाब दुबै टिमलाई छ।

प्रकाशित: ३ वैशाख २०७५ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App