७ वैशाख २०८१ शुक्रबार
राजनीति

पराजुलीको पेन्सनपट्टा बनेन

काठमाडौं – पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन। दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकास मिति दुईवटा हुँदा पेन्सन पट्टा तयार पार्ने निजामती किताबखाना अलमलमा देखिएको हो।

पराजुलीले चैत २ देखि लागू हुनेगरी पेन्सन पट्टा पाउनुपर्ने दाबी गर्दै किताबखानामा निवेदन दिएका थिए। न्यायपरिषद्बाट पठाइएको विवरणअनुसार पराजुलीको अवधि २०७४ साउन २१ सम्म रहेको उल्लेख छ।

दुइतर्फबाट फरक–फरक विवरण पठाइएकाले कुन मितिमा बनाउने भन्ने निक्र्यौलका लागि किताबखानाले कारण सोधेको छ। नागरिकता र शैक्षिक प्रमाणपत्रमा समेत जन्ममिति फरक–फरक लेखिएका कारण पराजुली प्रधानन्यायाधीश पदमा विवादित बनेका थिए। पराजुलीको हठका कारण उनी अवकाश भएको मितिभन्दा सातमहिना बढी प्रधान न्यायाधीश पदमा बसेका थिए।

नागरिकता, शैक्षिक प्रमाणपत्रमा जन्ममिति सम्बन्धि विवादमा मुछिएका पूर्व प्रधान न्याायधीश गोपाल पराजुलीलाई न्याय परिषद्का सचिव नृपध्वज निरौलाले सात महिना अगावै पदावधि सकिएको २०७४ फागुन ३० जानकारी गराएपछि पदमुक्त भएका थिए।

न्यायपरिषद्ले पठाएको अवकाशको मिति सात महिना अघि भएको भन्दै पत्र पठाएपछि उनले पराजुलीले चैत १ मा राजिनामा दिएका थिए।‘पदमुक्त’को पत्र प्राप्त भएपछि अर्कोदिन राष्ट्रपति समक्ष राजिनामा पेस गरेका हुन्।

न्यायाधीशहरुको सम्पूर्ण व्यक्तिगत विवरण राख्ने न्यायपरिषद्ले पराजुलीको उमेर गत साउन २१ सम्म रहेको स्पष्ट गरिसकेको छ। किताबखाना स्रोतका अनुसार सर्वोच्चको र न्यायपरिषद्को विवरण फरक परेका कारण कारण सोधिएको छ।

‘के कारणले दुईथरि मिति हुन गयो? लेख्न झुक्किनुभएको त होइन!’ हामीले कारण सोधेका छौं, ‘कारण आएपछि हामी छलफल गर्छाैं’ किताबखाना स्रोतले भन्यो। दुवै तर्फको जवाफ सोमबारसम्म किताबखानाले पाउन सकेको छैन। जवाफपछि किताबखानाले पराजुलीलाई कुन मितिदेखि निवृत्तीभरण दिने भन्ने निर्णय गरिने बताएको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App