coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

युरिकाको चित्र उत्कृष्ट

काठमाडौं– वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा भएको चित्रकला प्रतियोगितामा साउथ प्वाइन्ट बोर्डिङ स्कुल काठमाडौंकी युरिका श्रेष्ठले पहिलो पुरस्कार प्राप्त गरेकी छन्।

१६ स्कुलका ४२ विद्यार्थी सहभागी भएका प्रतियोगितामा  ग्लोबल पाठशाला भक्तपुरका समृद्धि राई दोस्रो, त्रियोग स्कुल काठमाडौंका कञ्चन ढकाल तेस्रो तथा ज्ञानोदय बालबाटिका ललितपुर र एम्बिसन एकेडेमी काठमाडौंका सगुन सिंह ठकुरीले सान्त्वना पुरस्कार पाए।

‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’ शीर्षकमा भएको प्रतियोगिताको उद्देश्य प्रकृति तथा वन्यजन्तु संरक्षण गर्नु रहेको विभागका महानिर्देशक मनबहादुर खडकाले बताए । उनले भने, ‘जनमानसमा प्रकृतिको महत्व बुझाउनका लागि सप्ताहाव्यापी कार्यक्रमको आयोजना गरिएको हो।’‘भविष्यमा मानिस तथा जीवजन्तुले सहजरुपमा बाँच्न पाऊन्’ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए।

२३ औं वन्यजन्तु सप्ताहअन्तर्गत चित्रकला प्रतियोगिता गरिएको डब्लुडब्लुएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कपिल खनालले बताए । जनचेतामूलक कार्यक्रमको रुपमा कला, साहित्य, नाटक, गीत, वन्यजन्तुसम्बन्धी फोटोग्राफी लगायतका सिर्जनात्मक कार्यक्रम गरिरहेको उनले जनाए।

संरक्षण अभियन्ता तथा साहित्यकार देवी घिमिरेले जल, जमिन, जंगल, जनावर, जलाधार, जडिबुटी जोगाउने अभियान स्वरुप कार्यक्रम गरिएको बताए । घिमिरेले परिवर्तनका संवाहक बालबालिका रहेकाले उनीहरुलाई संरक्षण अभियानमा जोड्नका लागि सिर्जनात्मक कार्यक्रम फलदायी हुने धारणा राखे ।

यस कार्यक्रमलाई हरियो वन कार्यक्रम, सदर चिडियाखाना, राष्ट्रिय प्रकृति संरक्षण कोष, बिसिएन, आइयुसिएन, जेडएसएल, एनएफए, वन सञ्चार लगायतका संस्थाको सहयोग रहेको छ।
 

प्रकाशित: ४ वैशाख २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App