coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दीपिकाले फिल्म बनाउने

मुम्बई– बलिउडका नायिकाहरू अभिनयसँग फिल्म निर्माणमा पनि अग्रसरता देखाइरहेका छन् । अभिनेत्रीद्वय प्रियंका चोपडा र अनुष्का शर्मा पछि नायिका दीपिका पादुकोणले पनि फिल्म निर्माणमा पाइला चाल्ने तयारी गरिरहेकी छन्।

उनी चाँडै नै आफ्नो नयाँ प्रोजेक्टमा अभिनयसँगै फिल्म निर्माताको ट्याग भिर्ने सोचमा रहेको खबर छ।समाचारअनुसार दीपिका यतिबेला आफ्नो प्रोडक्सन हाउसको सेटअपमा लागिपरेकी छिन् । अनुष्का र प्रियंकाझैं दीपिका पनि व्यवसायिक मात्र नभई सशक्त कथामा बनेका फिल्मबाट निर्माणमा पहिचान बनाउन चाहन्छिन् । प्रियंकाले भाषाभाषीका फिल्म बनाइरहेकी छिन् भने अनुष्काले सानो बजेटका प्रयोगात्मक फिल्म निर्माण गरिरहेकी छिन्।

सन् २०१५ मा नै उनले पछिल्ला दिनमा आफू निर्माण आउन सक्ने संकेत गरेकी थिइन् । ‘म निर्माणको क्षेत्रमा आउन चाहन्छु । कुनै दिन तपाईंहरूले मलाई निर्माता या लाइन प्रोड्युसरको रुपमा देख्न सक्नु हुनेछ,’ उनले भनेकी थिइन्, ‘किनकि मेरो अनुभवले अब यही काममा मात्र राम्रो गर्न सकिन्छ । मलाई फिल्म निर्माणमा रुचि छ । कुनै विषयलाई सन्देशका रुपमा दर्शकमाझ बाड्न पाउँदा मलाई खुसी लाग्छ।

पैसा कमाउनकै लागि मात्र म निर्माता बन्न चाहन्नँ ।’दीपिका पछिल्लो पटक सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’मा देखिएकी थिइन्। यो फिल्मपछि उनी विशाल भारद्वाजको नयाँ फिल्ममा इरफान खानको जोडीको रुपमा अभिनय गर्ने तयारीमा थिइन् तर इरफान बिरामी भए सँगै फिल्मको सुटिङ सरेको छ।

यसैबीच वर्षको अन्त्यतिर दीपिकाले रणवीर सिंहसँग पनि विवाह गर्न लागेको खबर पनि सत्य नभएको पुष्टि भएको छ । यही मेसोमा दीपिकाले फिल्म निर्माणमा आउन चाहेको खबर सार्वजनिक भइरहँदा कतै दीपिकाले विवाहपछि अभिनयबाट सन्यास लिन त खोजिरहेकी छैनन् भन्ने प्रश्न उब्जिएको छ।
 

प्रकाशित: ४ वैशाख २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App