coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपिएलः दिल्लीकाे फराकिलाे हार

कोलकता – इन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेटमा कोलकाता नाईट राईडर्सले विजयी भएको छ।

प्रतियोगिताअन्तर्गत सोमबार राति घरेलु मैदान इडन गार्डेनमामा सम्पन्न खेलमा कोलकताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १५ औं ओभरमा १ सय २९ रनमै अलआउट भयो। उसका लाागि ग्लेन म्याक्सवेलले सर्वाधिक ४७ र रिसभ पन्तले ४१ रन बनाए। दिल्लीका ९ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारीने र कुलदिप यादवले ३–३ तथा पिउस चावला, आन्द्रे रसेल, सिभम माभी, टोम कुर्रनले समान एक–एक विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो। उसका लागि नितिश रानाले सर्वधिक ५९ रन बनाए। रानाले ३५ बलमा ५ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै आन्द्रे रसेलले १२ बलमा ६ छक्काको मद्दतमा ४१, रोबिन उथप्पाले ३५, क्रिस लिनले ३१ र दिनेश कार्तिकले १९ रनको योगदान दिए।  

दिल्लीका राहुल टेवाटियाले ३, ट्रेन्ट बोल्ट र क्रिश मोरिसले २–२ तथा सहबाज नदिम र मोहमद शामीले एक–एक विकेट लिए। जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलमा कोलकाताको यो दोस्रो जित हो भने दिल्लीको यो तेस्रो हार ।

आइपिएल क्रिकेटमा आज बेलुका ८ः १५ मा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन्।

प्रकाशित: ४ वैशाख २०७५ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App