coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

‘सेप्टीन–२ लेख्दा सेप्टेम्बर–२ देखाउँछ माइक्रोसफ्ट एक्सेल’

क्यालिर्फोनिया– अध्ययनकर्ताहरुको एक टोलीले जिन अध्ययनमा गल्ती हुनुमा माइक्रोसफ्ट एक्सेल दोषी भएको बताएका छन्। उनीहरुले जिनको केही नाम माइक्रोसफ्ट एक्सेलमा लेख्दा उक्त नाम स्वतः मितिमा परिवर्तन हुने गरेको बताएका छन्। ‘हामीले सेप्टीन २ नामको जिन लेख्दा माइक्रोसफ्टले त्यसलाई सेभटेम्बरमा परिणत गरिदियो, यसले गर्दा हाम्रो अध्ययनमा नै गल्तीहरु हुने गरेका छन्,’ अध्ययनमा सहभागी एक वैज्ञानीकले भने।

अध्ययनकर्ताहरुले आफूहरुले वर्षौंदेखि यस समस्याको अवगत गरे पनि माइक्रोसफ्टले समस्या समाधानका लागि कुनै प्रक्रिया नथालेको जनाएका छन्। अध्ययनकर्ताहरुले माइक्रोसफ्ट एक्सेलको प्रयोग गरी जम्मा गरिएका डाटाहरु मध्ये एक चौथाई डाडाहरु गलत हुने गरेको जनाएका छन्। मेलबर्नको एक अध्ययन संस्थाले आफूहरुले जम्मा गरेको ३ हजार ५ सय ९७ जिनको नाममा माइक्रोसफ्ट एक्सेलले ७ सय ४ नाम गल्ती देखाएको जनाएको छ।

सन् १९८५ मा माइक्रो सफ्ट एक्सेलको पहिलो भर्सन निकालेको माइक्रोसफ्टले भने प्रयोगकर्ताले सेटिङमा गएर अलर्ट गरिदिएमा यस्ता समस्याको समाधान गर्न सहज हुने बताएको छ।

माइक्रोसफ्टका प्रवक्ताले भने, ‘एक्सेलले प्रयोगकर्ताहरुलाई धेरै विकल्पहरु उपलब्ध गराएको छ, डाडा राख्दा केही प्राविधिक कुरामा ध्यान दिएमा यो समस्या स्वतः समाधान हुन्छ।

 

प्रकाशित: १० भाद्र २०७३ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App