८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

र्‍यान एम केलिले पाए पुलिझर फोटो पुरस्कार

न्यूयोर्क – द डेल्ली प्रोग्रेस भर्जिनीयाका, फोटोग्राफर र्‍यान एम केलिले च्यार्लो टिस भिल्लेमा खिचेको एक तस्बिरले पुलिझर फोटो पुरस्कार पाएको छ।

आफ्नो जागिरको अन्तिम दिन खिचेको उक्त तस्बिरमा च्यार्लो टिस भिल्लेका नागरिकहरूले गोरा प्रशासक विरुद्ध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनस्थलमा कार प्रवेश गर्दा हेदर हेयर नाम गरेकी एक ३२ वर्षीय महिलाले ज्यान गुमाएकी थिइन भने १९ जना घाइते भएका  थिए।

गत अगष्टमा खिचिएको सो तस्बिरले पुलिझर पुरस्कार पाएको खबर पाएर आफू खुशी भएता पनि हेयरको परिवारमा परेको दुःखले आफूलाई झस्काइरहने फोटोग्राफर केलिले बताए।

सन् १९१७ मा अमेरिकामा पुलिझर पुरस्कार, पत्रकारिता र समाचार जगतमा योगदान पुर्‍याउने २१ जनालाई जनही १५००० अमेरिकी डलर सहित प्रमाण पत्र प्रदान  गर्ने गरिन्छ।

प्रकाशित: ४ वैशाख २०७५ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App