८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर– उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका हवल्दार सुरेन्द्रप्रसाद लम्सालले जम्मा गर्न ल्याएको ७० हजार रुपैंया भौचर भर्ने क्रममा चौधरीले पर्समै लिएर हिडेको प्रहरीको आरोप छ। हवल्दार लम्सालका अनुसार रकम जम्मा गर्न भौचर भर्दाभर्दै नजिकै राखेको पर्स लिएर हिडेको क्लोज सर्किट (सिसी) क्यामेराको फुटेजको आधारमा मंगलबार चौधरीलाई पक्राउ गरिएको छ। 

फुटेजको आधारमा हुलिया देखाउँदै खोजी गर्ने क्रममा बजारमै भेटिएका चौधरीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान थालिएको एसपी नवराज भट्टले बताए। शिक्षा विकास तथा समन्वय इकाई उदयपुरको अभिलेख अनुसार ०४८ सालमा प्राशि स्थायी भएका चौधरी पेन्सन पकाईसकेका छन्। उनीमाथि चोरी आरोपमा कारबाही हुने प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०७५ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App