१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

काठमााडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

राष्ट्रपतिले देशको आर्थिक समृद्धिमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासन कायम गर्दै लगानी अभिवृद्धि र व्यापार प्रवर्द्धनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिइन।

राष्ट्रको अर्थतन्त्रलाई सुदृढ एवं सबल तुल्याउन सार्वजनिक र निजी क्षेत्रबीचको साझेदारीबारे पनि विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०७५ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App