८ वैशाख २०८१ शनिबार
समाज

रुपन्देहीमा १४ बर्षीया बालिकाको हत्या

बुटवल– रुपन्देहीमा १४ बर्षीया बालिकाको हत्या भएको छ। जिल्लाको ओमसतिया गाउँपालिका ६ को नरेनापुरकी सरस्वती हरीजन मंगलबार बिहान मृत अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। हरीजनको शव घरदेखि झण्डै एक किलोमिटरको दुरीमा गहुँ काटेको खेतमा हत्या गरिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए। 

प्रारम्भिक अनुसन्धानअनुसार मृत अवस्थामा भेटिएकी बालिकाको हत्या गरिएको खुलेको छ।  ‘बालिकाको स्वभाविक मृत्यु नभएको र कसैले हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ’, डिएसपी पाण्डेले भने, ‘हत्या कसले र किन गर्यो भन्ने सम्बन्धमा अनुसन्धान जारी छ।’ सरस्वतीको घाटी च्यापेर हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ। 

सरस्वती सोमबार राति ९ बजेपछि शौचालय जान भनी घरबाट निस्केकी थिइन। अबेर सम्म पनि नफर्केपछि खोजतलास गरेको र फेला नपरेको मृतक बालिकाका परिवारले प्रहरीलाइ बताएका छन्। यद्यपी परिवारले राती छिमेकी र प्रहरीलाई भने खबर गरेनन्। मंगलबार बिहान साढे ८ बजेतिर खेतमा गएका स्थानीयले हरीजनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारले भने आफूहरुलाई कसैप्रति शंका नभएकाले हत्यारा पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेको बताइएको छ।

प्रकाशित: ४ वैशाख २०७५ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App