८ वैशाख २०८१ शनिबार
समाज

तस्बिरमा रातो मछिन्द्रनाथको रथारोहण (फाेटाे फिचर)

ललितपुर- रातो मछिन्द्रनाथलाई मंगलबार रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए।

वैशाख कृष्ण पक्षभर मछिन्द्रनाथको दश कर्म सकिएपछि मंगलबार देवतालाई रथमा राखिएको हो। रथारोहण भएपनि वैशाख ६ गतेबाट मात्रै रथ यात्रा शुरु हुनेछ। बुधबार धमा अगाडि गाई दान गरिने बताइएको छ। 

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन्। 

तस्बिर : सुजन श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App