coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइसी एसिया ऋणपत्र सूचीकृत

काठमाडौं– एनआइसी एसिया बैकले जारी गरेको ‘९ प्रतिशत एनआइसी एसिया ऋणपत्र २०८१- ८२’ धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

उक्त ऋणपत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले हस्ताक्षर गरी सूचीकृत गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

अब उक्त ऋणपत्र धितोपत्र बजारमा किनबेच गर्न सकिन्छ । बंैकले उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो र तोकिएको अवधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले ‘एलए’ क्रेडिट रेटिङ दिएको छ । उक्त क्रेडिट रेटिङले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत रहेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ५ वैशाख २०७५ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App