६ वैशाख २०८१ बिहीबार
अर्थ

सुबिसुको क्लियर टिभीमा अढाइ सय डिजिटल च्यानल

काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो क्लियर टिभी सेवामा दुई सय ५० भन्दा बढी डिजिटल च्यानल विस्तार गरेको जनाएको छ । तीमध्ये ६० भन्दा बढी एचडी च्यानल रहेको सुबिसुले जनाएको छ।

सुबिसुले आफूलाई नेपालकै सबैभन्दा बढी एचडी डिजिटल च्यानल सेवा प्रदायक कम्पनी दाबी गरेको छ ।क्लियर टिभी सेवामा एक हजार नौ सय ९९ को अफर रहेको कम्पनीले जनाएको छ । यसमा ग्राहकले सेट टप बक्स, इन्सटलेसन चार्ज र दुई महिनाको सबस्क्रिप्सन पाइने कम्पनीको भनाइ छ।

क्लियर टिभी सेवा बेसिक र प्रिमियम गरी दुई प्याकेजमा उपलब्ध छ । प्रतिमहिना न्यूनतम पाँच सयदेखि सात सय सेवा शुल्क छ । एकमुष्ट तीन, ६ र १२ महिनाको सेवा खरिद गर्दा विशेष छुट पाइने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: ५ वैशाख २०७५ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App