८ वैशाख २०८१ शनिबार
राजनीति

विश्व मामिलामा चीनको भूमिका अहम

काठमाडौं – चीन भ्रमणका रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शान्तिपूर्ण सहकार्य र पञ्चशिलको सिद्धान्तका आधारमा विश्व मामिलामा चीनको बढ्दो सहगभागिताले ठूलो सम्भावना बोकेको बताएका छन्। चीनको बढ्दो सहभागिताले विश्व आर्थिक विकास र स्थीरतामा सघाउने समेत उनले बताए।

‘चीनको शान्तिपूर्ण विकासप्रति नेपाल खुसी छ र शात्पिूर्ण सहकार्य तथा पञ्चशीलको सिद्धान्तका आधारमा विश्व मामिलामा चीनको बढ्दो सहभागीताले विश्व आर्थिक विकास र स्थिरताको ठूलो सम्भावना बोकेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले वेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने।

 प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताको शुभकामना सन्देश लिएर चीन भ्रमणमा आएको उनले बताए । सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेसन सन् २०१७ र २०१८ मा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।

साझा हितका लागि समावेशी विकासका महत्वपूर्ण नीति महाधिवेसनबाट आएकोमा उनले खुसी व्यक्त गरेका थिए ।परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ संविधानको आधारमा नेपालले गतवर्ष तीन चरणका निर्वाचन सम्पन्न गरी ऐतिहासीक उपलब्धी हासिल गरेको बताएका थिए।

नेपालमा अहिले संसद्का दुईतिहाइ सदस्यको विश्वास प्राप्त मजबुत सरकार रहेको समेत बताए । ‘अझ महत्वपूर्ण, हामी दिगो शान्ति, राजनीतिक स्थिरता र सामाजिक–आर्थिक परिवर्तनको मार्गमा अघि बढेका छौं,’ उनले भने।

वर्तमान केपी शर्मा ओली नेतृतवको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजनका साथ अघि बढेको उनले सम्बोधनका क्रममा बताए ।उनले छिट्टै नेपालले समृद्ध समाज पाउने समेत बताए । नेपालको विकासमा चीन सधंै सहयोगी रहेको उनले जनाए।

प्रकाशित: ५ वैशाख २०७५ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App