८ वैशाख २०८१ शनिबार
राजनीति

निषेधाज्ञाको विरोध

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले राजधानीका विभिन्न स्थानमा जारी गरेको निषेधाज्ञाको बिवरोध जनाएको छ।

लोकतान्त्रिक शासन व्यवस्थामा जनतालाई विरोध प्रदेशन गर्न रोक लगाउनु सुहाउने कुरा नभएको जिकिर गर्दै निर्णय फिर्ता लिन माग गरेको हो।महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाउँदै राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने जिकिर गरेका हुन्।

कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेध गरेको आरोप लगाउँदै निर्णय र्फिता नलिगे आन्दोलन गर्ने चेतावनी दिएको छ।स्थानीय प्रशासनले बैशाख १६ गते देखि लागु हुने गरी खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई मात्र विरोध प्रदर्शनस्थल तोकेको छ ।
 

प्रकाशित: ५ वैशाख २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App