coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले बस बगायो

खोटाङ– खोटाङको तावा खोलामा आएको बाढीले बस बगाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजारबाट यात्रु लिएर दिक्तेल आउँदै गरेको बा २ ख ४८९६ नम्बरको बसलाई मंगलबार दिउँसो खोलाले बगाएको हो।

बसलाई खोलाले बगाए पनि मानवीय क्षति नभएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए।खोला तर्नेक्रममा खोलाको बीचमा अड्किएको बसलाई खोलाले पल्टाएर सय मिटर तल पुर्‍याएको छ । खोला पार गर्ने क्रममा बीचमा केही समय बस अड्किएपछि यात्रु सकुशल निस्किसकेपछि बसलाई खोलाले पल्टाएको खोटाङ यातायात व्यवसायी संघका उपाध्यक्ष फडीन्द्र राईले बताए।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र साकेला गाउँपालिकाको मात्तिम जोड्ने तावा खोलामा पक्की पुल नहुँदा यात्रुवाहक सवारी साधन जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

प्रकाशित: ५ वैशाख २०७५ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App