coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दिक्तेलमा ‘मूर्ति’ मञ्चन

खोटाङ – नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउन्डेसनमा ‘मूर्ति’ नाटक मञ्चन गरेको छ। 

बोली र हाउभाउका माध्यमबाट नाटकमा सन्देश प्रवाह गरिने भए पनि प्रतिष्ठानका प्रशिक्षार्थी कलाकारले आवाज ननिकाली हाउभाउकै भरमा अभिनय गरेका थिए।‘नाटकले शिक्षाबाट मात्र समाज परिवर्तन सम्भव छ भन्ने कुरा देखाउन खोजेका हौं,’ कार्यक्रमको व्यवस्थापन गरेको फाउन्डेसनका कार्यकारी निर्देशक सूर्य राईले भने । नाटकले शैक्षिक एकताका लागि मूर्तिको माध्यमबाट गरिएको परिवर्तनलाई देखाएको छ।

फाउन्डेसनको आयोजनामा भएको नृत्य, गायन, नाटक र वाद्यवादनसम्बन्धी १० दिने प्रशिक्षणको समापनको अवसरमा कलाकारले ‘मूर्ति’ सहित ‘पृथ्वी’, ‘समाज’ र ‘हाम्रो घर’ नाटक देखाएका थिए।
 

प्रकाशित: ५ वैशाख २०७५ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App