८ वैशाख २०८१ शनिबार
कला

सोसल मिडियामा किन छैनन् कंगना ?

मुम्बई– आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचाइ छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन्।

अझ बलिउडमा त धेरै ब्रान्डले सामाजिक सञ्जालमा फ्लोअर्सको संख्या हेरेर नै इन्डोर्समेन्टको प्रस्ताव लैजाने गरेका छन् । तर कंगना रनावत बलिउडकी कि यस्ती अभिनेत्री हुन् जसको न फेसबुक छ न ट्वीटर । न उनलाई इन्स्टाग्राममा नै दैख्न सकिन्छ। उनले सामाजिक सञ्जालमा अनावश्यक समय बित्ने भएका कारणले नै कुनै पनि प्लेटफर्ममा एकाउन्ट नखोलेको बताइन्।

‘म सोसल मिडियामा नहुने धेरै कारण छन् । जसमध्ये एउटा कारण यसमा खर्चनु पर्ने समय । यदि मैले कुनै अकाउन्ट खोले भने सारा दिन त्यसैमा बिताउँछु भन्ने लाग्छ,’ कंगनाले भनेकी छिन् । उनले आफूलाई दिनैपच्छिे जसो एकाउन्ट खोल्न दबाब आउने गरेको पनि बताएकी छिन्।

‘धेरैले मलाई ब्रान्डको प्रचारका लागि पनि एकाउन्ट चाहिन्छ भनेर खोल्न कर गर्ने गरेका छन् । तर मलाई यस्तो कुरामा पनि विश्वास छैन,’ उनले भनेकी छिन्, ‘कहिलेकाहीँ मेनेजरले पनि एकाउन्ट खोलौं, पोस्ट हामी आफैं गर्दिन्छौं भनेर भन्ने गरेका छन् । तर मलाई यो आइडिया पनि ठिक लाग्दैन । मैले अहिलेसम्म आफू प्रत्यक्ष संलग्न नहुने  कुनै पनि काम गरेको छैन । उनले आफ्नो एकाउन्ट अर्कोलाई चलाउन दिनुलाई नक्कली सम्बन्धसँग तुलना गरेकी छिन्।

‘आफ्नो एकाउन्ट अरु कसैलाई चलाउन दिएर मलाई कसैप्रति पनि बेइमान हुनु छैन । यस्तो गर्नु भनेको झुटको सम्बन्ध राख्नु जस्तै हो,’ उनले भनेकी छिन्।  सधैं विवादको केन्द्रमा रहने कंगनाको ‘मणिकर्निका’ अब रिलिज हुने फिल्म हो ।  भारत स्वतन्त्रताको सेरोफेरोमा बनेको फिल्म अक्षय कुमारको ‘गोल्ड’सँगै रिलिज हुने चर्चा छ।

 

 

 

 

 

 

 

प्रकाशित: ५ वैशाख २०७५ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App