coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेढ किलो चरेशसहित वृद्ध पक्राउ

कञ्चनपुर – लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले १ किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो।

पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।  (रासस)

प्रकाशित: ५ वैशाख २०७५ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App