१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रहेनन् राजामामा कुसुण्डा

तनहुँ- लोपन्मुख कुसुण्डा जातीका राजामामाको निधन भएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको भएको हो।  व्यास नगरपालिका १० डिहिगाउँ स्थित घरमा नै कुसुण्डाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वुधबार विहान ४ बजे उठेर राजामामा शैचालय गएको र लामो समयसम्म भित्र नआएपछि रानी माईजु  बाहिर जादाँ  राजामामा आगन मा लडेको अवस्थामा देखेको रानीमाईजु इन्द्रमाया कुसुण्डाले बताइन्। ‘आगनमा लडेको देखें, छिमेकीको सहयोगमा लगेर खाटमा राख्यौ,’ उनले भनिन्, ‘अलिकती चिया समेत खानुभयो त्यसपछि उहाँको होस आएन।’

राजामामाको ५ बजेको समयमा निधन भएको पारिवारिको स्रोतको भनाई छ। राजामामाको वुधबारै अन्तिम श्रद्धाञ्जली पश्चात दमौली स्थित सेतीमादी दोभानमा अन्तिम संस्कार गरिने नेपाल आदवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले जनाएको छ।

 लोपउन्मुख जातिको रुपमा सूचीकृत राजामामा कुसुण्डाको निधनले ठूलो क्षती पुगेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिले जनाएको छ। राजामामा कुसुण्डालाई नै आधार मानेर कुसुण्डा भाषाको कितावमा राजामामालाई नै 'रेफरेन्स' राखिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए। ‘उहाँको निधनले ठूलो क्षती पुगेको छ, कुसण्डा भाषा संस्कृति संरक्षणमा उहाँको योगदान महत्वपूर्ण थियो,’ उनले भने। राजामामाको श्रीमती इन्दमाया कुसुण्डा र एक छोरी सिमान्त कुसुण्डा छिन्।

प्रकाशित: ५ वैशाख २०७५ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App