७ वैशाख २०८१ शुक्रबार
समाज

राजामामालाई १० वर्षिय छोरीले दिइन् दागबत्ती

तनहुँ- लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन्।

पवित्र मादी र सेती घाटमा पुर्‍याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए।

उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।

राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को क्रिया बस्ने बताइएको छ । आज बिहान व्यास–१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो ।

उनी लामो समयदेखि पे्रसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ ।
 

 

प्रकाशित: ५ वैशाख २०७५ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App