coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

नयाँ दिल्ली– चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर राख्दै ‘वेलकम’ भनेको छ। भारतीय नौसेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हिन्द महासागरमा चिनियाँ पिपुल्स लिबरेसन आर्मीका तीन जंगी जहाज प्रवेश गरेका हुन्। 

भारतीय नौसेनाले चिनियाँ नौसेना जहाजलाई ह्याप्पी हंटिङ्ग समेत भनेको छ। चिनियाँ भाषामा यसको अर्थ हुन्छ पानी जहाज वा पनडुब्बीको पिछा गर्नु। बेइजिङका अनुसार २९ औं एन्टी पाइरेसी एस्कर्ट फोर्ससँग सम्बन्धित यी जहाज समुद्री डकैतीविरुद्ध हिन्द महासागरमा गस्ती गर्न आएका हुन्।

साथै भारतीय सेनाले चिनियाँ युद्धपोत भारतीय सेनामाथि निगरानी राख्नका लागि आएको दाबी गरेको छ। भारतीय नौसेनाका प्रवक्ताले एक नक्सा समेत ट्वीट गर्दै हिन्द महासागरमा ५० जहाज तैनाथ रहेको भन्दै चीनलाई सचेत गराएका छन्। उनले महासागरमा भारतीय नौसेनाको मजबुद स्थितीमा रहेको समेत स्पष्ट पारेका छन्। भारतीय मिडियाका अनुसार पछिल्लो समयमा हिन्द महासागरमा बेइजिङको युद्धपोतले आफ्नो उपस्थिति बढाइरहको छ। 

 

#MaritimeDomainAwareness @indiannavy extends a warm welcome to the 29th Anti-Piracy Escort Force (APEF) of PLA(N) in Indian Ocean Region (IOR). Happy Hunting @SpokespersonMoD @DefenceMinIndia @IAF_MCC @adgpi @IndiaCoastGuard @IndianDiplomacy pic.twitter.com/7NTW4TwQuW

— SpokespersonNavy (@indiannavy) April 17, 2018

प्रकाशित: ५ वैशाख २०७५ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App